सबै डुबेका छैनन् सहकारी

सबै डुबेका छैनन् सहकारी

बुटवल : सहकारी भनेकै ठग हुन् भन्ने भ्रम समाजमा दिनानुदिन फैलिँदै गएको छ। सरकारले सहकारीप्रति नागरिकहरूमा टुट्दै गएको विश्वासलाई पुरानै लयमा फर्काउन कुनै नीति, तथा कार्यक्रम पनि ल्याएको छैन। सहरी क्षेत्रका केही सहकारीहरूले सदस्यको बचत हिनामिना गर्दा आम नागरिकमा सहकारीप्रति विश्वास टुट्दै गएको हो। ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ नारालाई सरकारले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ। खराब र असल सहकारीलाई एउटै दाँजोमा राखेर हेर्नुहुँदैन्। समुदायका नागरिकहरूको सारथी बनेर उभिएका सहकारी धेरैको सुख, दुःख बिसाउने थलो पनि बनेका छन्।

समुदायको भरोसा बनेका छौं

करिब ५४ प्रतिशत थारु समुदायको बाहुल्यता रहेको ठाकुरबाबा नगरपालिका–१ मा सञ्चालन भएको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड त्यस समुदायका नागरिकहरूको भरोसा बनेको छ। समुदायमा आधारित भएर भएर मात्रै सहकारीले आफ्नो बचत तथा ऋण प्रवाहलाई केन्द्रित बनाएको हो।

‘हाम्रो सबै आशा समुदायसँग छ’, सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर थापाले भने, ‘जस्तोसुकै आर्थिक मन्दी र चुनौतीमा पनि हामीले सदस्यलाई सन्तुष्टि दिलाएर सरल र सहज रूपमा सेवा गरिरहेका छौँ।’ उनले सदस्यहरूको ऋणको बीमा, एक लाख बरावरको दुर्घटना बिमा, बचत सुरक्षित गर्ने ग्यारेन्टी, सदस्यको मृत्यु भएका काजकिरिया खर्च, सुत्केरी प्रोत्साहन तथा नवजात शिशु भेटघाट, जन्मदाबित्तिकै ७ सय बचतलगायत कार्यक्रममार्फत सदस्यको मन जितिरहेको उनले सुनाए। 

‘थारु समुदायको मुख्य पर्व माघीमा विशेष कार्यक्रम गरेर साथ दिन्छौँ,’ थापाले भने, ‘सदस्यहरूको हरेक सुख, दुःखमा हामी सँगसँगै हुन्छौं। त्यसैले पनि हामीप्रति धेरैको आशा छ।’ उनले सहकारीमा ६० प्रतिशत सदस्य महिला रहेको जानकारी दिए। सेयर सदस्यको मृत्यु भएमा ३२ हजार ५ सय रुपैयाँ सहयोग गर्ने गरिएको छ। १६ हजार सदस्यमध्ये ९ हजार सात जना महिला छन्। यस सहकारीले हालसम्म ४२ करोड बचत र ४६ करोड ऋण लगानी गरेको छ। सेयर पुँजी मात्र साढे ७ करोड छ। 

१७ वर्षअघि स्थापना भएको यस सहकारीको कार्यक्षेत्र बर्दिया जिल्ला मात्र हो। १० वटा कार्यालयमार्फत ४१ जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिइएको कार्यकारी अधिकृत थापाले बताए। सहकारीको तरलता १५ नै प्रतिशत छ। कृषि, व्यापार व्यवसाय, सामाजिक क्षेत्र र आय आर्जनमा सहकारीले लगानीलाई केन्द्रीत गरेको छ। 

जगेडा कोषै ३० करोड

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा रकम बचत गर्ने सदस्यले कुनै तनाव खेप्नु परेको छैन। ढुक्कसँग सदस्यले बचत गर्छन्। सहकारीको जगेडा कोषमै ३० करोड ३९ लाख ५५ हजार २ सय ५५ रुपैयाँ छ। जो लुम्बिनी प्रदेशमै सबैभन्दा धेरै जगेडा कोष बनाउने सहकारी हो। 

वित्तीय सूचक जहिल्यै सकरात्मक छन्। २४ दशमलव ६० प्रतिशत तरलता कायम राखिएको अध्यक्ष ज्ञानु पौड्यालले जानकारी दिइन्। ‘स्थापना भएको २२ वर्षको अवधिमा हामीले कुनै पनि समस्या झेल्नुपरेको छैन,’ पौड्यालले भनिन्, ‘सदस्यहरूले ढुक्कसँग बचत गर्छन्। हामी पनि निर्धक्कसँग ऋण दिन्छौँ।’ विपद्को बेला सहकारी सारथी बनेर उभिएको छ। ‘लडकडाउनभरी कृषि एम्बुलेन्स चलाएर नागरिकको घरघरै तरकारी पु¥यायौं’, पौड्याल भन्छिन्, ‘सामाजिक उत्तरदायित्व सम्झेर हामी समुदायमा काम गरिरहेका छौं।’

यस सहकारीमा कुल सेयर सदस्य ४० हजार २ सय ४ जना छन्। १० वटा कार्यालयमार्फत ८९ जना कर्मचारीहरूले प्रत्यक्ष रोजगारी पाएका छन्। बहुसंख्यक महिलासहित महिलाहरूकै नेतृत्वमा उत्कृष्ट सहकारी भन्दै देशभरबाट सिकाइ आदानप्रदान गर्न सहकारीहरू त्यहाँ पुग्छन्। 

वार्षिक कम्तीमा ३ सयवटा सहकारी र ९ हजार बढी सदस्य कार्यालयमा आएर असल अभ्यासको सिको गर्ने गरेको अध्यक्ष पौड्याल बताउँछिन्। सहकारीले हालसम्म ३ अर्ब ३ करोड बचत संकलन, २ अर्ब ८९ करोड ऋण लगानी र ३ अर्व ७९ करोड पुँजी बनाएको छ। १० हजार ६ सय ९८ जनाले यस सहकारीबाट ऋण लगेका छन्। उक्त सहकारीमा ९ हजार १ सय ५१ जनाले मोबाइल एप्सबाटै सेवा लिन्छन्। 

उत्कृष्ट काम गरेको भन्दै सहकारी मन्त्रालय, दक्षिण एसियाकै एक्सेस शिल्भर अवार्ड, उत्कृष्ट संस्थापक अध्यक्ष र व्यवस्थापक पुरस्कार हासिल गरिएको अध्यक्ष पौड्यालले बताइन्। सहकारी सबै डुबेका छन् भन्ने भाष्यलाई अध्यक्ष पौड्यालले खण्डन गरेकी छन्। ‘नियतबस खुलेका र चलेका सहकारीहरूमा मात्र समस्या छ’, उनले भनिन्, ‘गलत नियतले खुलेका सहकारीलाई राज्यले कारबाही गर्नै पर्छ।’

सहकारी चलाउन ४६ कार्यविधि 

वीरेन्द्रनगर सुर्खेतमा रहेको जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कुनै पनि विधि र प्रक्रिया बीना आफ्नो कार्य संचालन गर्दैन्। सहकारी सञ्चालनकै लागि उक्त सहकारीले हालसम्म ४६ वटा कार्यविधि बनाएको छ। ‘सदस्यहरूको बचत फिर्ता गर्नका लागि हामीसँगै कुनै समस्या छैन’, निवर्तमान अध्यक्ष हरिहरनाथ योगीले भने, ‘२५ प्रतिशत बढी तरलता छ।’ 

उत्पादनमूलक सहकारीहरूमा खास समस्या छैन। वित्तीय सहकारीहरूमा मात्र समस्या छ। राम्रा सहकारीहरूले समाजमा धेरै योगदान पु¥याएका छन्। राम्रो काम गर्ने सहकारीलाई बोर्डले उनीहरूको पूर्वाधार निर्माणका लागि २ दशमलव ३ प्रतिशतमा कर्जा उपलब्ध गराउँछ। व्यवस्थापन राम्रो गर्ने सहकारीहरू डुबेका छैनन्। उनीहरूको वित्तीय सुशासन राम्रो छ। खराब सहकारीहरूले राम्राको अनुशरण गर्नुपर्छ। विष्णु पौडेल, सदस्य सचिव, राष्ट्रिय सहकारी विकास बोर्ड

हाल सहकारीमा १० हजार ५ सय जना सेयर सदस्य छन्। सहकारीले पाँच वर्षअघि ६ सय ५० जना युवाहरूलाई तीनपांग्रे टेम्पो बिना धितोमा दिएर स्वरोजगारलाई प्रबद्र्धन गरेको थियो। ती सबै सदस्यहरूले लगेको ऋण अहिले चुक्ता गरिसकेका छन्। जसले वैदेशिक रोजगार जानबाट युवाहरूलाई रोकेको छ। 

उत्पादन, प्रशोधन र बजारीकरणलाई केन्द्रित गरी ६० प्रतिशत ऋण लगानी गरिएको योगीले बताए। लघुउद्यम सञ्चालन गरेकालाई प्रोत्साहन, सदस्यलाई क्षमता र सीप विकास, सवै सदस्यको दुर्घटना बिमा, १ लाख बढी मृत्यु बीमा, अपांगतालाई सहयोग, प्रत्येक वर्ष चार विद्यालयमा सहकारी शिक्षा र विपन्न बस्तीमा पुगेर राहत र शिक्षा दिने गरिएको उनले जानकारी दिए। सहकारीले कुल पुँजी १ अर्ब पु¥याएको छ। ४६ करोड कर्जा प्रवाह र ८५ करोड बचत संकलन भएको छ। 

सुशासनको क्षेत्रमा हेलचक्रयाइँ गर्ने सहकारीमा मात्र समस्या देखिएको योगी सुनाउँछन्। ‘नियतै खराव राखेर खोलिएका केही सहकारीको संचालनमा समस्या रहेको पाइया’, उनी भन्छन्, ‘आम रूपमा समस्या देखिँदैन। केही सहकारीमा क्षमता विकास गर्नसक्ने ज्ञानको अभाव पनि देखियो।’ उनले पाँचवटा कार्यालयमार्फत सेवा दिएको बताए। 

कार्यकारीलाई व्यवस्थापकीय अधिकार 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ मा रहेको सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विधिलाई मिचेर कहिल्यै काम गरेन्। त्यसैका कारण अहिले सहकारीको प्रतिष्ठामा कत्ति पनि तलमाथि भएको छैन। यहाँ सहकारीका अध्यक्षलगायत सञ्चालकहरूले जथाभावी गर्नै पाउँदैनन्, किनभने सहकारी सञ्चालन गर्ने सम्पूर्ण व्यवस्थापकीयसहितको अधिकार प्रमुख कार्यकारी अधिकृतलाई दिइएको छ। ‘सफा नियतका साथ सञ्चालन गरेपछि कुनै समस्या झेल्नुपर्दैन्’, प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवालीले भने, ‘कतिपय सहकारीहरू सञ्चालकले डुबाएको भन्ने देखिन्छ। नियतै खराब भएपछि आउने परिणाम खराबै हो।’ 

सहकारीको तरलता २३ प्रतिशत छ। ३ अर्ब ५७ करोड वासलात र २ अर्ब ७६ करोड ऋण लगानी गरिएको छ। ११ हजार २ सय ३० जना सदस्यले कुल २ अर्ब ७२ करोड रुपैयाँ बचत संकलन गरेका छन्। सहकारीको जगेडा कोषमा हालसम्म २५ करोड रुपैयाँ संकलन भएको छ। ‘जति जना सदस्यहरू पनि लाइन लागेर पैसा माग्न आउनुभयो भने हामीले दिनसक्ने सामथ्र्य राख्छौँ’, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘हामीसँग ६१ दशमलव ३३ प्रतिशत नियमित बचत छ। मुद्दतीमा पैसा राखेर दिनुपर्ने बाध्यता धेरै छैन।’ 

उनले सहकारीका सबै सूचकहरू सकारात्मक रहेको समेत सुनाए। ज्ञवालीले बढ्दो सूचना र प्रविधिलाई उच्चतम प्रयोग गरेको समेत जानकारी दिए। व्यावासायिक उत्पादनमा मात्र कर्जा प्रवाहलाई केन्द्रित गरेको सुनाउँदै उनले त्यस क्षेत्रमा १० प्रतिशत ब्याजदरमै कर्जा प्रवाह गरिएको जानकारी दिए। 

जहाँ राष्ट्र बैंकका कर्मचारी मात्र सदस्य

काठमाडौंको बालुवाटारमा रहेको आपसी सहयोग वचत तथा ऋण सहकारी संस्था लिमिटेड त्यस्तो सहकारी हो, जहाँ राष्ट्र बैंकमा कार्यरत कर्मचारीहरू मात्र सदस्य हुन पाउँछन्। तर, ती कर्मचारीहरू अवकाश भएपछि नयाँ सदस्यको रुपमा आबद्ध हुन पाउँदैनन्। पुरानो सदस्यतालाई निरन्तरता दिन सकिन्छ। ‘बढीमा १२ लाख रुपैयाँ कर्जा प्रवाह हुन्छ’, सहकारीका अध्यक्ष सुशील ज्ञवालीले भने, ‘अरूभन्दा फरक छौं। हाम्रो सहकारीमा हालसम्म कुनै समस्या उत्पन्न भएको छैन।’ 

उनले सहकारीको वासलात २० करोड रुपैयाँ पुगेको जानकारी दिए। १३ करोड रुपैयाँ कर्जा प्रवाह र १६ करोड रुपैयाँ बचत संकलन भएको ज्ञवालीले बताए। सामाजिक उत्तरदायित्व सम्झेर अनाथ बालबालिकाहरूलाई सहयोग र सेयर सदस्यहरूका सन्तानलाई छात्रवृत्ति दिने गरिएको समेत उनले सुनाए। सहकारीमा हाल एक हजार एक सय जना सेयर सदस्य छन्। 

उत्पादनमूलक सहकारीमा समस्या छैन

राष्ट्रिय सहकारी बिकास बोर्डका सदस्य सचिव विष्णु पौडेलले देशका उत्पादनमूलक सहकारीहरूमा खास समस्या नदेखिएको जानकारी दिए। वित्तीय सहकारीहरूमा मात्र समस्या रहेको सुनाउँदै उनले धेरै राम्रा सहकारीहरूले समाजमा योगदान गरिरहेको बताए। 

‘राम्रो काम गर्ने सहकारीलाई बोर्डले उनीहरूको पूर्वाधार निर्माणका लागि २ दशमलव ३ प्रतिशतमा कर्जा सहयोग प्रवाह गर्छ’, उनले भने, ‘व्यवस्थापन राम्रो गर्ने सहकारीहरू डुबेका छैनन्। उनीहरूको वित्तीय शुसासन राम्रो छ। खराब सहकारीहरूले राम्राको अनुशरण गर्नुपर्छ।’ देशभरका सहकारीहरूको प्रबद्र्धनका लागि बोर्डले साथ दिइरहेको पौडेलले जानकारी दिए।

विभिन्न क्षेत्रगत रूपमा रहेका सहकारीमध्येबाट ३३ वटा नमुना सहकारीहरूलाई काठमाडौं बोलाएर उनीहरूले गरेका असल अभ्यासका बारेमा अनुभव आदानप्रदान गरेका छौं। खराब सहकारीहरूको छानबिन चलिरहेको छ। तर, यही बीचमा राम्रा सहकारीहरूको पनि अनुभव सुन्नुपर्छ भनेर देशभरबाट नमुनाका रूपमा उत्कृष्ट सहकारीको भेला गरेका हाँंै। सिद्धान्तअनुसार चलेका सहकारीहरूमा कुनै समस्या देखिएको छैन। राम्रा सहकारीलाई खराबकै बीचमा राखेर तुलना गर्नुहुँदैन। जनताको रकम अपचलन गर्ने सहकारीको निष्पक्ष छानबिन समितिले गर्छ। केही खराब सहकारीकै कारण बचतकर्ताले बचत गर्न छाडेको पाइएको छ। देशभर विभिन्न प्रकृतिका ३१ हजार ३ सय ७३ वटा सहकारी छन्। त्यसमध्ये १४ हजार बचत तथा ऋण सहकारी छन्। चार हजार सहकारीहरू निष्क्रिय छन्। सूर्य थापा, सभापति, सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति​​​​​​​

 

छानबिन समितिमा असल अभ्यासको आदानप्रदान

बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीको छानबिन गर्नका लागि संघीय सरकारले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन गरेको छ। देशभरका २० वटा समस्याग्रस्त र ९ वटा विवादित गरी २९ वटा सहकारीको विशेष समितिले छानबिन गरिरहेको छ। तर, यही बीचमा विशेष समितिले सहकारीहरू विग्रेका मात्रै छैनन्। केही सहकारीहरूले देशमा उत्कृष्ट काम पनि गरिरहेका छन् भन्ने सन्देश फैलाउन उत्कृष्ट सहकारीबीचमा अनुभव आदानप्रदान गरेको छ। 

विभिन्न क्षेत्रगत रुपमा रहेका सहकारीमध्ये ३३ वटा नमुना सहकारीहरूले आफ्नो असल अभ्यास आदानप्रदान गरेको सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितीका सभापती सूर्य थापाले जानकारी दिए। 


हाम्रो सहकारीमा रकम बचत गर्ने सदस्यले कुनै तनाव खेप्नु पर्दैन। ढुक्कसँग सदस्यले बचत गर्छन्। सहकारीको जगेडा कोषमै ३० करोड ३९ लाख ५५ हजार २ सय ५५ रुपैयाँ छ। जो लुम्बिनी प्रदेशमै सबैभन्दा धेरै जगेडा कोष बनाउने सहकारी हाम्रो हो। वित्तीय सूचक जहिल्यै सकारात्मक छन्। २४ दशमलव ६० प्रतिशत तरलता कायम छ। विपद्को बेला सहकारी सारथी बनेर उभिएको छ।​​​​​​​लकडाउनभरि कृषि एम्बुलेन्स चलाएर नागरिकको घरघरै तरकारी पु¥यायौं। बहुसंख्यक महिलासहित महिलाहरूकै नेतृत्वमा उत्कृष्ट सहकारी भन्दै देशभरबाट सिकाइ आदानप्रदान गर्न सहकारीकर्मीहरू हाम्रो कार्यालयमा आउँछन्। उत्कृष्ट काम गरेको भन्दै सहकारी मन्त्रालय, दक्षिण एसियाकै एक्सेस शिल्भर अवार्ड, उत्कृष्ट संस्थापक अध्यक्ष र व्यवस्थापक पुरस्कार प्राप्त गरिसकेका छौं। सबै सहकारी डुबेका छैनन्। नियतबस खुलेका र चलेका सहकारीहरूमा मात्र समस्या हो। ज्ञानु पौड्याल, अध्यक्ष, जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड

‘बिग्रेका सहकारीहरूको छानबिन चलिरहेको छ’, थापाले भने, ‘राम्रा सहकारीहरूको पनि अनुभव सुन्नुपर्छ भनेर केही उत्कृष्ट सहकारीको भेला गरेका थियौँ।’ सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी सहकारीहरूलाई भेला गराइएको उनले बताए। ‘सिद्दान्त अनुसार चलेका सहकारीमा समस्या छैन’, थापाले भने, ‘राम्रा सहकारीलाई एकै ठाउँमा राखेर हेर्नुहुँदैन्। जनताको रकम अपचलन गर्ने सहकारीको निष्पक्ष छानबिन समितीले गर्छ।’ उनले केही खराब सहकारीकै कारण वचतकर्ताले बचत गर्न छाडेको पाइएको समेत उनले अनुभव सुनाए।

थापाका अनुसार देशभर विभिन्न प्रकृतिका ३१ हजार ३ सय ७३ वटा सहकारी छन्। त्यसमध्ये १४ हजार बचत तथा ऋण सहकारी छन्। चार हजार सहकारी अझै निष्क्रिय रहेको थापाले बताए।


असल अभ्यास छलफलका लागि सहकारी छानबिन विशेष समितिले छानेका देशभरका उत्कृष्ट ३३ सहकारी

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.