‘आईएमई पे’ मा पैसा पठाउँदा क्यास ब्याक
काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट आईएमई पेले विदेशबाट पठाएको रकम आईएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकलाई एक हजार रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत सेवाग्राहीले विदेशबाट आईएमई पे वालेटमा पठाएको पैसा आईएमई पे एप प्रयोगकर्ताले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा एक हजार रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
‘आईएमई गरौं, करोडपति बनौं’ योजनालाई थप परिस्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना एक लाख रुपैयाँबाहेक अब हरेक कारोबारमा क्यास ब्याक अफर सार्वजनिक गरिएको छ । आईएमई पे वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त गर्नुको साथै ग्राहकले जुनसुकै समयमा घरायसी बिल भुक्तानी गर्न, फ्लाइट टिकट खरिद गर्न तथा थुप्रै सेवाको सहजै भुक्तानी गर्न सक्नेछन् ।