बंगलादेशमा अन्तरिम सरकार बनाउने सेना प्रमुखकको घोषणा
काठमाडौं : बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ। सेना प्रमुख वकार-उज-जमानले मिडियालाई सम्बोधन गर्दै बंगलादेशमा अन्तरिम सरकार बनाउने घोषणा गरेकी हुन्।
प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिएर देश छाडेकी थिइन्। उनी चढेकी हेलिकोप्टर भारतको अगरताला प्रस्थान गरेको बीबीसीले जानकारी दिएको छ। उनी बहिनीसँगै त्यसतर्फ उडेकी हुन्।
प्रदर्शनकारीहरू सोमबार प्रधानमन्त्री निवासमै छिरेका छन्। निवासमै छिरेपछि असुरक्षित महसुस गरेकी हसिनाले बहिनीसँगै देश छाडेको स्रोतलाई उद्धृत गर्दै एजेन्सीहरूले उल्लेख गरेका छन्।
जुलाई पहिलो सातादेखि बंगलादेशमा आरक्षणविरोधी आन्दोलन सुरू भएको थियो। उक्त आन्दोलन अहिले सरकारविरुद्ध मोडिएको छ। आन्दोलनकारीको माग केही सम्बोधन गरिए पनि पछिल्लो समय प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै आन्दोलन उग्र बनेको हो। बंगलादेशमा जारी आन्दोलनमा हालसम्म तीन सयको मृत्यु भएको छ।