विवाद भएपछि युवकमाथि खुकुरी प्रहार, तीन जना पक्राउ

विवाद भएपछि युवकमाथि खुकुरी प्रहार, तीन जना पक्राउ

काठमाडौं : विवाद भएपछि युवकलाई खुकुरी प्रहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सिन्धुलीको फिकल गाउँपालिका-३ घर भई हाल काठमाडौंको आलोकनगर बस्ने १८ वर्षीय अनिष मगर, दैलेखको महावु गाउँपालिका-४ घर भई हाल आलोकनगर बस्ने २६ वर्षीय कुमार पण्डित र दार्चुलाको बाँज घर भई हाल काठमाडौंको गोठाटार हात्ति डाँडा बस्ने १९ वर्षीय प्रेम सिंह महरा रहेका छन्। 

आइतबार दिउँसो काठमाडौंको आलोकनगरस्थित सौराहा होटल नजिक सडक खण्डमा कैलालीको धनगढी नगरपालिका-२ का २२ वर्षीय मनत केसी र उनीहरूबीच विवाद भएको थियो। विवादका क्रममा केसीमाथि खुकुरी प्रहार भएको थियो। 

खुकुरी प्रहार गरी दाहिने हातको औँला पूर्ण रूपमा क्षति गराई उपचारार्थ ट्रमा सेन्टर लगिएको थियो। उक्त सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोली घटनास्थलमा पुगेको थियो। 

खुकुरी प्रहार गरे फरार भएका उनीहरूलाई हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी नवराज अधिकारीले बताए। प्रहरी वृत्त बानेश्वरले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.