बंगलादेशका पूर्व विदेशमन्त्री हसन महमूद विमानस्थलबाट पक्राउ

बंगलादेशका पूर्व विदेशमन्त्री हसन महमूद विमानस्थलबाट पक्राउ

ढाका : बंगलादेशका पूर्व विदेशमन्त्री तथा अवामी लिगका सहमहासचिव हसन महमूदलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ ।

हसन महमूद देश छोड्न खोजिरहेका थिए।

महमूदलाई मंगलबार दिउँसो अध्यागमन प्रहरीले नियन्त्रणमा लिएको बीबीसी बंगलाले विमानस्थल स्रोतबाट पुष्टि गरेको छ ।

एयरपोर्टमा ड्युटीमा रहेका बंगलादेश एयरलाइन्सका एक अधिकारीले बीबीसी बंगलालाई भने कि महमूदलाई राति करिब ८:३० बजे सेनाको जिम्मा लगाइएको थियो।

यसअघि पूर्व सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पनि विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

बंगलादेशमा विद्यार्थी आन्दोलन र हिंसात्मक प्रदर्शनपछि शेख हसिनाले सोमबार देशको प्रधानमन्त्री पदबाट राजीनामा दिएकी हुन् । शेख हसिना बंगलादेश छोडेर भारत गएकी छन् । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.