कपिलवस्तुमा स्त्री रोग विशेषज्ञ डाक्टर नहुँदा समस्या

कपिलवस्तुमा स्त्री रोग विशेषज्ञ डाक्टर नहुँदा समस्या
सांकेतिक तस्बिर।

कपिलवस्तु : जिल्लाका ४ वटै सरकारी अस्पतालहरूमा महिला रोग विशेषज्ञ डाक्टर नहुँदा महिला तथा गर्भवती महिलाहरूलाई उपचारमा समस्या आएको छ। जिल्लामा एक मात्र स्त्री रोग विशेषज्ञ डाक्टर विपिन जयसवाल कपिलवस्तु अस्पतालबाट काठमाडौं काज फिर्ता भए पछि जिल्लामा स्त्री रोग विशेषज्ञ डाक्टरको अभाव भएको हो। 

कपिलवस्तु अस्पतालमा गर्भवती महिलाको प्रसुति शल्यक्रिया, सामान्य महिलाको महिला सम्वन्धी विभिन्न रोगहरूको पहिचान र उपचार, जटिल खालका शल्यक्रियाहरूमा स्त्री रोग विशेषज्ञ नहुँदा समस्या देखिएको कपिलवस्तु अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादवले बताए। 

'स्त्री रोग विशेषज्ञ डाक्टर नहुँदा आम सर्वसधारण महिला र गर्भवती महिलाहरूले सीमावर्ती भारतीय शहरका अस्पताल, भैरहवा तथा बुटवलका निजी अस्पतालहरूमा महंगो शुल्क तिरेर औषधी उपचार गराउन बाध्य बनेका छन्', अध्यक्ष यादवले भने, 'अस्पतालमा स्त्री रोग विशेषज्ञ डा. विपिन जयसवाल हुँदा ठुलो संख्यामा गर्भवती महिला र अन्य महिलाहरूले स्वास्थ्य सेवा पाएका थिए। तर अब बाध्य भएर हामीले स्त्री रोग सम्बन्धी विरामीहरूमा केही जटिल समस्या देखिए तुरुन्तै भैरहवा तथा बुटवलका स्वास्थ्य संस्थाहरूमा रेफर गरी पठाइरहेका छौं।'

नियमित रुपमा चेक जाँच गराउन आइरहेका गर्भवती महिला पनि पछिल्लो पटक कपिलवस्तु अस्पतालमा स्त्री रोग विशेषज्ञ नहुँदा बुटवल तथा भैरहवाका स्वास्थ्य संस्थाहरूमा जान बाध्य बनेका छन्। गर्भवती आफ्नी भाउजूलाई कपिलवस्तु अस्पतालमा प्रसुति गराउन ल्याए पनि अस्पतालमा स्त्री रोग विशेषज्ञ डाक्टर नभएको थाहा पाए पछि आफूले भाउजुलाई बुटवल लैजान परेको कपिलवस्तु नगरपालिका वडा नं. ९ की जानकी थारुले बताइन्। 

यस्तै समस्या कपिलवस्तु अस्पतालमा आउने अन्य गर्भवती महिलाहरूले पाउने गरेका छन्। जिल्लामा रहेको एक जना स्त्री रोग विशेष डाक्टर काज फिर्ता हुँदा पनि जिल्लाका विभिन्न तहमा निर्वाचित जनप्रतिनिधीहरूले कुनै पहल नगरेको भन्दै कपिलवस्तु नगरपालिका वडा नं. ६ सेमरीका युवराज कुर्मीले आक्रोश पोखे। 

कपिलवस्तु अस्पाल जस्तै जिल्लाको बहादुरगंज स्थित शिवराज अस्पताल, वाणगंगाको पिपरा अस्पताल र चन्द्रौटाको शिवराज आधारभुत नगर अस्पतालमा पनि स्त्री रोग विशेषज्ञ डाक्टरको अभाव रहेको छ। जिल्लामा काजमा सरुवा भइ आएका स्त्री रोग विशेषज्ञ डा. विपिन जयसवाल कपिलवस्तु अस्पतालमा १ वर्ष काजमा कार्यरत रहे पनि फिर्ता हुँदा जिल्ला स्त्री रोग विशेषज्ञ डाक्टरविहीन बनेको हो। स्त्री रोग विशेषज्ञ डाक्टरको अभावमा गर्भवती महिलाको कठिन अप्रेशन, पाठेघरको अप्रेशन, ट्युमरको अप्रेशन जस्ता स्वास्थ्य समस्या महिलाले भोग्दै आएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.