साढे चार घण्टापछि मुग्लिन-कुरिनटार सडक खण्ड एकतर्फी सञ्‍चालनमा आयो

साढे चार घण्टापछि मुग्लिन-कुरिनटार सडक खण्ड एकतर्फी सञ्‍चालनमा आयो
तस्बिर : अन्नपूर्ण

चितवन : पहिरोको कारण अवरोध भएको पृथ्वी राजमार्गको मुग्लिन कुरिनटार सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। बुधबार बिहान साढे सात बजे नाग्दी खोलामा पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको थियो। 

रोकिएका सवारी साधनलाई पालैपालो पार गराएको छ ।  सडकमा सवारी जाम पूर्णरुपमा सहज हुन केही समय लाग्ने बताइएको छ । उक्त स्थानमा पहिरोको जोखिम अझै कायम  छ । पहिरो पन्छाउन  दुईवटा लोडर र एउटा स्काभेटर प्रयोग गरिएको थियो । 

नाग्दी खोलामा पहिरो पन्छाउने क्रममा एउटा लदोलोडरमा क्षति पुगेको थियो । लोडरका अपरेटर धादिङको गल्छी गाँउपालिका- ६ का ४७ वर्षीय लीलाधर अधिकारीको बायाँ हातमा सामान्य चोट लागेको छ । पहिरो पन्छाउने काम भइरहेको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.