महोत्तरीमा २ फरार प्रतिवादी नियन्त्रणमा

महोत्तरीमा २ फरार प्रतिवादी नियन्त्रणमा
सांकेतिक तस्बिर।

महोत्तरी : महोत्तरी प्रहरीले २ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार विभिन्न मितिमा फैसला भएको र सो मुद्दामा वारदातपश्चात फरार रहेको उनीहरुलाई प्रहरीले कानुनी कारवाहीको लागि पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका २ का २० वर्षीय अवशेष साह रहेका छन्। अवशेषलाई जिल्ला अदालतले ज्यान मार्ने उद्योगमा एक लाख रकम जरिवाना तोकिएको थियो। त्यस्तै औरही नगरपालिका १ का ३४ वर्षीय राकेश साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। राकेशलाई जिल्ला अदालतले सवारी ज्यान मुद्दामा ३० हजार जरिवाना तोकेको थियो।

अदालतले फैसला सुनाएपछि उनीहरु फरार रहेको र प्रहरीले खोजतलासको क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पुर्‍याएको डिएसपी जैसवारले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.