नुवाकोटमा ९ वर्षमा तीनवटा हेलिकोप्टर दुर्घटना, १८ जनाको मृत्यु

नुवाकोटमा ९ वर्षमा तीनवटा हेलिकोप्टर दुर्घटना, १८ जनाको मृत्यु

नुवाकोट : नुवाकोटमा ९ वर्षमा तीन हेलिकोप्टर दुर्घटनामा परेका छन्। १८ जनाको मृत्यु भएको छ। नुवाकोटको मदानपुरको वेतिनी जंगलमा २०७३ साउनमा फिस्टेल एयर, २०७५ भदौ २३ गते म्यागङमा अल्टिच्युड एयर र २०८१ साउन २३ गते एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भयो। 

३२ वर्ष अगाडि अर्थात् सन् १९९२ जुलाई ३१ तारिखका दिन नुवाकोटको घ्याङफेदीको घोप्टेभीरमा ब्यांककबाट आएको थाई एयरलाइन्सको फ्लाइट ३११ दुर्घटना भएको थियो। 

हालको दुप्चेश्वर गाउँपालिका-१ मा भएको सो भयानक दुर्घटनामा चालक दलका १४ र ९३ जना यात्रुसहित एक सय १३ जनाको मृत्यु भयो। थाई एयरलाइन्सको सो दुर्घटना नेपालको हवाई दुर्घटनामा दोस्रो ठूलो हवाई दुर्घटना हो। सो दुर्घटनामा मानव अधिकारवादी प्रकाश काफ्लेको समेत ज्यान गएको थियो। सो दुर्घटनामा परी दिवंगत भएकाहरूको स्मृतिमा नुवाकोटको ककनीमा स्मृति पार्क निर्माण गरिएको छ। 

काठमाडौंसँग जोडिएको र एयरपोर्ट नजिकै भएका कारण नुवाकोटको आकाश हुँदै जहाज तथा हेलिकोप्टरहरू पश्चिमका जिल्लाहरूमा उड्ने गरेका छन्। नौ वर्षको अवधिमा तीन हेलिकोप्टर नुवाकोटमा दुर्घटना हुँदा त्यसको तुलनामा तेब्बर हेलिकोप्टरहरू फोर्स ल्याण्डिङ (आकस्मिक अवतरण) गरिएको छ। 

दुर्घटना त एकपछि अर्कौ गर्दै सामान्य मानिँदै आइरहेको अवस्थामा हेलिकोप्टरहरू फोर्स ल्याण्डिङ गरिएको रेकर्ड कतै छैनन्। नुवाकोटको शिवपुरी गाउँपालिका-७ सुर्यचौरमा नाइन एन एजेडी कलसाइनको एयर डाइनेष्टीको हेलिकोप्टर बुधबार दुर्घटना हुँदा त्यसका चालक अरुण मल्लसहित चार चिनियाँ नागरिकको ज्यान गयो।  

२०७५ भदौ २३ गते म्यागङ गाउँपालिका-४ मुइलाम्रामा रहेको गुराँसे पहाडको जंगलमा र २०७३ साल साउन २४ गते गोरखाको सिर्दिवासबाट पाँच दिने सुत्केरीको उपचारका उडेको फिष्टेल एयरको हेलिकोप्टर नुवाकोटको मदानपुरको वेतिनिभीरमा दुर्घटनामा पर्दा एकै परिवारका चारसहित सात जनाको ज्यान गयो। 
 
मृतकका परिवारले २० हजार डलरका दरले क्षतिपूर्ति पाएका थिए। २०७५ भदौ २३ गते म्यागङको मुइलाम्रामा रहेको गुराँसे पहाडको जंगलमा गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको नाइनएन एएल एस कलसाइन रहेको ६ सिटे हेलिकोप्टर दुर्घटनामा ४ जनाले ज्यान गुमाए। यो दुर्घटनामा दुई जनाको बाँचेका थिए। 

शिवपुरी गाउँपालिका-७ सुर्यचौरमा नाइन एन एजेडी कलसाइनको एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसका चालक अरुण मल्लसहित चार चिनियाँ नागरिकको ज्यान गएको हो। एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा सवार पाँचै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

दुर्घटनामा परि म्याग्दी रांखु घर भएका चालक ५५ वर्षिय अरुण मल्ल, चिनियाँ पर्यटक ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र ३१ वर्षीया महिला वु यीयाओले ज्यान गुमाएका हुन्। एयर डाइनेस्टी हेलिकोप्टरका वरिष्ठ क्याप्टेन अरुण मल्ल पुराना र अनुभवी पाइलट थिए। उनले करिब सात हजार घण्टा उडान भरेका थिए।

मन्त्री पाण्डेद्वारा दुघटनास्थलको निरीक्षण

नुवाकोटको सूर्यचौरमा भएको एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनास्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले स्थलगत निरीक्षण गरेका छन्। मन्त्री पाण्डेले सुरक्षा अधिकारीहरूका साथ एयर डाइनेस्टीको नाइनएन एजेडी कलसाइनको हेलिकोप्टर दुर्घटना भएको एक दिनपछि आज निरीक्षण गरेका हुन्।

नागरिक उड्डयनमन्त्री पाण्डे हेलिकोप्टर दुर्घटनास्थलमा पुगेर स्थानीयवासी, सुरक्षाकर्मी तथा प्राविधिक पक्षसँग अन्तरक्रिया गरेका थिए। उनले घटनाको वास्तविकता घटनाको पूर्ण अनुसन्धानपछि आउने र प्रतिकूल मौसमका कारण दुर्घटना भएको हुनसक्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.