पर्यटकीय सम्भावना बोकेको श्रीकृष्ण गौशाला क्षेत्र

पर्यटकीय सम्भावना बोकेको श्रीकृष्ण गौशाला क्षेत्र
तस्बिर : अन्नपूर्ण

अर्घाखाँची : सन्धिखर्क नगरपालिका वडा नम्बर- ६ नरपानीमा प्राकृतिक मनोरम वातावरणमा अति सुन्दर श्रीकृष्ण गौशाला पर्यटकीय स्थलको संभावना बोकेको क्षेत्र हो। नरपानी बजारदेखि सतिनेटा पुगेपछि सतिनेटाबाट २ किलो मिटरको दुरीमा यो गौशाला रहेको छ । 

छिनछिनमा मौसम अदलबदल हुने उच्च स्थानमा रहेको यो क्षेत्र हरियाली र रमणीय छ । समथर भूमिमा फैलिएको यो क्षेत्र सानो उपत्यका जस्तै छ ।  नरपानीमा रहेको श्रीकृष्ण गौशालाको संरक्षणमा सन्धिखर्क नगरपालिकाले काम गरिहेको छ । 

झण्डै दुई सय भन्दा बढी गाईहरू रहेको गौशालामा घाँसको कमी नुह नदिन डाले घास रोप्ने कार्य अगाडि बढाएको छ । गौशलामा रहेका गाईगोरुलाई घाँसको कमी नहोस् भनेर डालेघासका बिरुवा रोप्न थालिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।

सशस्त्र प्रहरीको ३६ नम्बर गुल्मको सहयोगमा डालेघाँस लगाउने क्षेत्र वरिपरि तारवार गरेर वृक्षारोपण सुरू गरिएको सशस्त्र प्रहरी वल ३६ नम्बर गुल्मका गुल्मपती भिमशेन बोहोराले बताए  । गौशालामा रहेका गौमाताको रक्षाको लागि अर्घाखाँचीका स्थानीय र समाजसेवीले पनि सहयोग गर्दै आएका छन्।

छाडा गाईगोरुलाई गौशालामा राख्न थालेपछि सन्धिखर्कलगायत जिल्लाभर छाडा पशुचौपायाको समस्या नभएको सन्धिखर्कका समाजसेवी नारायण प्रसाद खनालले बताएका छन् । अर्घाखाँचीका स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले ध्यान दिनुपर्ने बताएका छन् । 

नरपानीको रमणीय दृश्यसँगै गौशाला अवलोकन गर्न युवापुस्ताको जमात देखिन्छ । पाका मानिस गाईको हिन्दु संस्कारसँग जोडिएर आउने गरेका छन् भने युवापुस्ता गौशालाको अवलोकन गर्न आउने गरेको स्थानीयहरू बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.