माओवादीले नै कुलमानलाई हटाउने भ्रम फैलाएको आरोप

माओवादीले नै कुलमानलाई हटाउने भ्रम फैलाएको आरोप

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ डेडिकेटेड र ट्रंकलाइन विवादले चर्चामा छन्। त्यसभन्दा बढी कांग्रेस-एमाले नेतृत्वको गठबन्धनले घिसिङलाई प्राधिकरणबाट हटाउन लागेको विषय पनि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले घिसिङलाई हटाउने विषयमा कुनै छलफल नगरेको पाइएको छ।

नेपाली कांग्रेसका एक नेताका अनुसार कुलमान घिसिङलाई हटाउने हल्ला प्रतिपक्षी दल नेकपा माओ‌वादी केन्द्रले फैलाएको हो। सत्ताबाट बहिर्गमनमा पुगेपछि मा‌ओवादीले 'कुलमान घिसिङको' कार्ड खेलेको ती नेताको भनाइ छ।

'सरकार होस् या गठबन्धनमा होस्, कुलमान घिसिङलाई हटाउने विषयमा कुनै छलफल नै भएको छैन। तर, बजारभरि उहाँलाई बर्खास्त गर्न लागेको भ्रम फैलाइएको छ। यो कसैले नभएर माओवादी स्वयंले फैलाएको हल्ला हो,' कांग्रेसका ती नेताले भने।

शनिबार मात्रै कुलमानलाई हटाउन पाइँदैन भन्दै माइतीघरमा उनका समर्थकहरूले प्रदर्शन गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.