जसपा नेपालको केन्द्रीय समितिको बैठक आजबाट सुरु

जसपा नेपालको केन्द्रीय समितिको बैठक आजबाट सुरु
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आइतबारदेखि सुरु हुने भएको छ। ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा मध्यान्ह १२ बजेदेखि बैठक सुरु हुने जसपाका नेता पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार चारदिनसम्म चल्ने सो बैठकको पहिलो दिन केन्द्रीय सदस्यहरूको शपथग्रहण हुने छ। त्यस्तै बैठकका कार्यसूचिहरु प्रस्तुत गरिनुका साथै पार्टीको राजनीतिक एवम् सङ्गठनात्मक कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावहरू प्रस्तुत हुने छन्।

बैठकको दोस्रो र तेस्रो दिन वर्तमान भू–राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध, नेपालको वर्तमान राष्ट्रिय राजनीति सन्दर्भमा हाम्रो पार्टीको भूमिका, नेपालको सन्दर्भमा पहिचान र राष्ट्रिय⁄जातीय मूक्तिको सवाल, नेपालको सन्दर्भमा समाजवादसम्बन्धी अवधारणा, जनता समाजवादी पार्टी, नेपालको आदर्श, वैचारिक एवम् सैद्धान्तिक अवधारणा र संविधान संशोधनको आवश्यकता र अपरिहार्यतालगायतका विषय शीर्षकमा केन्द्रीय समिति सदस्यहरूलाई अभिमुखीकरण तथा प्रशिक्षण दिइने छ। 

त्यसैगरी पार्टीको राजनीतिक एवम् सङ्गठनात्मक कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावहरुमा छलफल गरी उक्त प्रस्तावउपर निर्णय हुने छ। साथै सो बैठकले बैठकले केन्द्रीय समितिका सदस्यहरूको कार्यविभाजन पनि गर्ने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.