माओवादी केन्द्रभित्र नेतृत्व परिवर्तनका लागि सैद्धान्तिक बहस

माओवादी केन्द्रभित्र नेतृत्व परिवर्तनका लागि सैद्धान्तिक बहस
फाइल तस्बिर।

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेतृत्व परिवर्तनका लागि सैद्धान्तिक बहस चलेको छ। आइतबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकपश्चात पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले नेतृत्व विकास गर्ने विषयमा सैद्धान्तिक बहस चलेको जानकारी दिए। सिद्धान्त, विचार, नीतिमा राम्रो तयारी गरि नेतृत्व निर्माण गर्नुपर्नेमा छलफल चलेको उनको भनाई छ। 

उनले स्थायी कमिटीमा चलेको बहसले केन्द्रीय कमिटीमा पनि निरन्तरता पाउने जानकारी दिए। केहि दिन यता जारी स्थायी कमिटी बैठकमा स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार पार्नुपर्नेमा सदस्यहरुले जोड दिएको उनको दाबी छ। बैठकमा जनताका समस्या र मुद्दाहरूमा केन्द्रित भएर जनपरिचालन कार्यक्रम ल्याउनुपर्ने, नयाँ कार्यनीतिको विकास गर्नुपर्ने धारणा आएको प्रवक्ता सापकोटाले जानकारी दिए।

माओवादी सरकारले सुरु गरेको सामाजिक न्यायसहितको सुशासनका कार्यक्रमहरुबाट सरकार पछि हट्ने देखिएकाले खबरदारी गर्नुपर्ने धारणाहरु समेत आएको उनको भनाई छ।

आइतबार माओवादी स्थायी कमिटी बैठकमा १४ जना धारणा राखेका थिए। अध्यक्ष प्रचण्ड र पार्टी संगठन विभाग प्रमुख तथा पार्टी उपमहासचिव जनार्दन शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा  नेताहरूले आफ्नो धारणा राखिरहेका छन्। नेताहरूले बोल्ने क्रममा सकेकाले सोमबार पनि बैठकलाई निरन्तरता दिने केन्द्रीय कार्यालयले  जानकारी दिएको छ।  

बैठकमा उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुनलगायतले ३५ वर्षसम्म पु्ष्पकमल दाहाल प्रचण्डले मात्र नेतृत्व लिने अवसर पाएकाले पार्टी अध्यक्ष कति पटक बन्ने विधानमै तोकिनुपर्ने माग गरेका थिए। पार्टी निर्माणका लागि विधान पुनर्लेखन र नेतृत्वको कार्यकाल तोकिनुपर्ने अधिकांश नेताको जोड छ। उनीहरुले पार्टी शुन्यतर्फ उन्मुख भएको उल्लेख गर्दै पार्टीभित्र भएको कमजोरीको जिम्मेवारी अहिलेको मूल नेतृत्वले आनाकानी गरिरहेको भन्दै बैठकमा प्रश्न उठाएका छन्।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.