माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
काठमाडौं : भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका विदेशसचिव मिस्रीले दाहाल निवास खुमलटार पुगेर उनीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा दुई देशबीचको आपसी हित एवं पारस्पारिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्त्वपूर्ण कुराकानी भएको दाहालको सचिवालयले जनाएको छ ।
मिश्रीले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए। परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको निमन्त्रणामा उनी काठमाडौं आएका हुन्।