शेख हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाउन लागिएको हो?

शेख हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाउन लागिएको हो?
सुन्नुहोस्

काठमाडौं : बंगलादेशको अन्तिरिम सरकारका गृहमन्त्री सखावत हुसेनले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाउने  सरकारको कुनै मनसाय नरहेको बताएका छन्।

'आवामी लिग पार्टीले बंगलादेशका लागि धेरै योगदान गरेको छ। हामी यसलाई इन्कार गर्दैनौं। निर्वाचनमा लिगले चुनाव लड्नुपर्छ,' उनले भने। पूर्व प्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब वाजेदले आइतबार निर्वाचन बिना यही अवस्था लम्बिए देश अराजकतातर्फ जाने चेतावनी दिएका थिए। 

'हामीसँग दशौं लाख अनुयायीहरू छन्। उनीहरू कतै जाँदैनन्। अवामी लिगबिना बंगलादेशमा प्रजातन्त्र स्थापना गर्न सकिँदैन। कमसेकम देशका आधा जनताले यसलाई कहिल्यै स्वीकार गर्ने छैनन्,' वाजेदले एएफपीसँग भनेका थिए। उनले आवामी लिगलाई सरकारले प्रतिबन्ध लगाउनसक्ने आकलन गरेपछि गृहमन्त्री हुसेनले सो विषयमा प्रस्टीकरण दिएका हुन्।

लगातार १५ वर्ष सत्तामा रहेका आवामी लिगका नेता ७६ वर्षीया शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिएकी थिइन्। आरक्षणविरोधी आन्दोलनले चर्को रूप लिएपछि उनले राजीनामा दिएर देश छोड्नुपरेको थियो। उनको शासनकालमा हजारौं राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्या भएको आरोप लगाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.