दुप्चेश्वरमा दुई लाखभन्दा बढी भेटी

दुप्चेश्वरमा दुई लाखभन्दा बढी भेटी
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको प्रसिद्ध दुप्चेश्वर मन्दिरमा एकैदिन हजारौं भक्तजन पुगेका छन्। दुप्चेश्वरमा झरी र बर्खाको समेत परवाह नगरी हजारौं भक्तजन पुगेका हुन्।

मन्दिरमा दैनिक रूपमा तीर्थालु पुग्ने क्रम बढिरहेको छ। भक्तजनले चढाएको भेटीसमेत दैनिक रूपमा गणना गरिँदै आएको छ। दुप्चेश्वर गाउँपालिका–६ करेजुङको पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा गत वैशाख १ गतेदेखि दैनिक रूपमा भक्तजनले चढाएको भेटी गणना गरिँदै आएको हो। साउनको अन्तिम सोमबार दुप्चेश्वरमा भक्तजनले २ लाख २५ हजार ६ सय ४० रुपैयाँ भेटी चढाएका छन्।

दुप्चेश्वर महादेव मन्दिरमा चढाएको भेटी मात्र १ लाख ३ हजार ६ सय ५० रुपैयाँ र सन्ध्या आरती व्यवस्थापनको लागि भक्तजनले निस्वार्थ भावनाले १ लाख २१ हजार ९ सय ९० रुपैयाँ चढाएका दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार दुप्चेश्वरमा सोमबार हजारौं भक्तजन दर्शन र पूजापाठका लागि पुगेका थिए।

हिन्दु तथा बौद्धमार्गीहरू सो मन्दिरमा पुग्ने गरेको मन्दिरका संरक्षक तथा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बताए। उनका अनुसार दुप्चेश्वरमा दर्शनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.