मेरो बुबाको अपमान भयो, म देशवासीसँग न्याय चाहन्छु : पूर्वप्रधानमन्त्री शेख हसिना

अगस्ट १५ मा पिताको पुण्यतिथि सार्वजनिक रुपमा मनाउन बंगलादेशी नागरिकहरूलाई आग्रह

मेरो बुबाको अपमान भयो, म देशवासीसँग न्याय चाहन्छु : पूर्वप्रधानमन्त्री शेख हसिना
फाइल तस्बिर।
सुन्नुहोस्

ढाका : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मंगलबार देश छाडेपछि पहिलो पटक वक्तव्य जारी गरेकी छन् । उनले भनेकी छन्, 'बंगबन्धु शेख मुजिबुर रहमान जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, उनको अपमान गरिएको छ।

'उनीहरू (प्रदर्शनकारीहरूले) मेरो बुबाको अपमान गरेका छन्, म देशवासीसँग न्याय माग्छु।' शेख हसिना अगस्ट ५ मा देश छोडेर भारत आएकी थिइन्, त्यसबेलादेखि उनी भारतमै छिन् ।  

शेख हसिनाले बंगलादेशी नागरिकहरूलाई अगस्ट १५ मा आफ्ना पिता शेख मुजिबुर रहमानको पुण्यतिथि मनाउन आग्रह गरेकी छन् । मुजिबुर रहमानको १५ अगस्ट १९७५ मा गोली हानी हत्या गरिएको थियो ।  बंगलादेशको अन्तरिम सरकारले १५ अगस्टको बिदा  पनि रद्द गरेको छ ।

आन्दोलनमा मारिएकाप्रति श्रद्धाञ्जली अर्पण 

हसिनाले विज्ञप्तिमा भनिन्, 'जुलाईदेखि अहिलेसम्म आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र हिंसामा धेरैले ज्यान गुमाएका छन्। म उहाँहरूको आत्माको चिरशान्तिको कामना गर्दछु र उहाँहरूप्रति समवेदना प्रकट गर्दछु।'

आन्दोलनमा धेरै विद्यार्थी, शिक्षक, प्रहरी, पत्रकार, अवामी लिगका नेता र सामाजिक कार्यकर्ता मारिए । हसिनाले भनिन्, 'म यी हत्या र बर्बरतामा संलग्नहरूलाई कडा सजाय दिन माग गर्दछु।'

अवामी लिगका केही नेताहरू सेनाको ब्यारेकमा बस्छन्। सेनाले अवामी लिग सरकारका केही वरिष्ठ नेताहरूलाई आश्रय दिएको छ। उनीहरुले आफ्नो ज्यान जोखिममा रहेको बताएपछि आश्रय दिइएको जनाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.