हरन्डनको मेयरको प्राइमरी निर्वाचनमा प्रदीप ढकाल अत्यधिक मतसहित विजयी

हरन्डनको मेयरको प्राइमरी निर्वाचनमा प्रदीप ढकाल अत्यधिक मतसहित विजयी
सुन्नुहोस्

भर्जिनिया (अमेरिका) : नेपालीमुलका प्रदीप ढकालले भर्जिनियास्थित हरन्डन सिटीको मेयरका लागि प्राइमरी निर्वाचनमा जितेका छन् । हरन्डन सिटीको काउन्सिल मेम्बरमा रहेका उनी डेमोक्रेटिक पार्टीबाट हरन्डन सिटीको मेयरमा उम्मेदवार बनेका थिए ।

उनले प्राइमरी निर्वाचन जितेसँगै फेयरफ्याक्स काउन्टी डेमोक्र्याटिक कमिटीले  हरन्डनको मेयरमा ढकाललाई अनुमोदन समेत गरिसकेको छ । प्राइमरी निर्वाचनमा ६४१ मतदातामध्ये करिब ९४ प्रतिशतले मतदान गरेका थिए।  मेयरका उम्मेदवार रहेका ढकालले ३४५ मत प्राप्त गरी विजयी हाँसिल गरेका हुन्। 

प्राइमरी निर्वाचनमा जितेपछि उनले भने, ‘स्थानीय जनप्रतिनिधिका रुपमा लामो अनुभव लिएर विगतका सबै कार्यकालमा सफलता हाँसिल गरिसकेपछि  मेयरको उम्मेदवार भएको हुँ, 'उनले भने, ‘त्यसैले फाइनल चुनावमा मेयरमा निर्वार्चित हुनेमा म ढुक्क छु ।’

हरन्डन सिटीको मेयरका लागि नोभेम्बरमा अन्तिम चुनाव हुँदैछ । स्थानीय जनप्रतिनिधिका रुपमा हरन्डन सिटी काउन्सील मेम्बरका रुपमा उनले ३ पटक निर्वाचन जितिसकेका छन् । उनका मेयरको उम्मेदवारीलाई हरन्डन सिटीका पूर्वमेयरदेखि काउन्सिलका अधिकांश मेम्बरहरूले खुलेर समर्थन गरेका छन्। 

नेपालीमुलका उम्मेदवार भएकाले उनलाई निर्वाचित गराउन लागि नेपाली समुदायहरूले पनि निर्वार्चित केन्द्रित अभियानहरू सञ्चालन गरेका थिए। ‘मेयरको प्राइमरी चुनावमा उहाँ अत्याधिक मतसहित विजयी हुनु नेपाली समुदायका लागि गौरवपूर्ण क्षण हो, 'अमेरिकाका अग्रज नेपाली अगुवा पर्शुराम भण्डारीले भने, 'यसले नेपालीको सान झनै बढाएको छ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.