दुई दलीय व्यवस्था ल्याउन कांग्रेस र एमाले मिलेका हुन् : सीके राउत

दुई दलीय व्यवस्था ल्याउन कांग्रेस र एमाले मिलेका हुन् : सीके राउत
सुन्नुहोस्

वीरगन्ज : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सीके राउतले मुलुकमा दुई दलीय व्यवस्था लाद्‍ने षड्यन्त्र भइरहेको बताएका छन्। 

वीरगन्जमा बुधबार जनमत पार्टी पर्साले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले कांग्रेस र एमालेले दुई दलीय व्यवस्था लाद्‍ने षड्यन्त्र गरिरहेको बताए। उनले भने, ‘कांग्रेस र एमाले मुलुकमा दुई दलीय व्यवस्था ल्याउने षड्यन्त्रमा अहिले लागेका छन्। साना दलहरूलाई नामेट पारेर आफ्नोमात्रै राजपाट चलाउने साजिस गरिरहेका छन्।’

अध्यक्ष राउतले संघीयता र गणतन्त्र खारेज गर्ने षड्यन्त्र पनि उनीहरूले गरिरहेको आरोप लगाए। उनले भने, ‘अहिले कांग्रेस र एमाले अचानक मिल्नुको कारण अरु केही होइन। दुई दलीय व्यवस्था ल्याउने अनि संघीयता र गणतन्त्र खारेज गरेर आफ्नो हालीमुहाली चलाउने, उनीहरू मिल्नुको कारण यतिमात्र हो।'  

त्यसैले जनता अहिले अझ धेरै सजग र सचेत बन्नुपर्ने अवस्था रहेको उनले बताए। उनले थपे, ‘अहिलेको संविधानबाट हामीले जे जति अधिकार पाएका छौं, त्यो जुनसुकै बेला पनि खोसिन सक्छ। त्यसैले जनता अझ धेरै सजग र सचेत अवस्थामा रहनुपर्छ।’ प्राप्त अधिकारको रक्षा र थप अधिकार प्राप्तिका लागि आन्दोलनको तयारीमा रहन पनि उनले कार्यकर्ताहरूलाई निर्देशन दिए। 

कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ रम्भा मिश्रा, नेकपा एमालेका बृजेश्वर चौधरी, शंकर यादव, आशादेवी चौहान, अशोककुमार ठाकुर लगायतका नेताहरू जनमत पार्टीमा प्रवेश गरेका थिए। जनमत पार्टीका पर्सा इन्चार्ज माधव सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरू सिपु तिवारी, देवेन्द्र मिश्रा, करिमा बेगम, ओम प्रकाश सर्राफ, मुकेश द्विवेदी लगायतको पनि सहभागिता थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.