भारतको ७८औँ स्वतन्त्रता दिवस समारोहमा छ हजार विशेष अतिथि आमन्त्रित

भारतको ७८औँ स्वतन्त्रता दिवस समारोहमा छ हजार विशेष अतिथि आमन्त्रित
फाइल तस्बिर।
सुन्नुहोस्

नयाँ दिल्ली : प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट १५ (आज) मा दिल्लीको ऐतिहासिक लालकिल्लाबाट ७८औँ स्वतन्त्रता दिवस मनाउन राष्ट्रको नेतृत्व गर्ने जनाइएको छ। 

यस वर्षको स्वतन्त्रता दिवसको नारा ‘विकसित भारत २०४७’ रहेको छ । बुधबार जारी गरिएको आधिकारिक विज्ञप्तिमा यस उत्सवले सन् २०४७ सम्ममा देशलाई विकसित राष्ट्रमा परिणत गर्ने सरकारको प्रयासलाई नयाँ बल प्रदान गर्ने मञ्चको रूपमा काम गर्ने उल्लेख गरेको छ । 

समारोहमा जनसहभागिता बढाउने उद्देश्यले यस वर्ष लालकिल्लामा मनाइने कार्यक्रममा करिब छ हजार विशेष अतिथिलाई आमन्त्रण गरिएको छ । कार्यक्रममा विभिन्न राज्य/केन्द्र शासित प्रदेशहरूका लगभग दुई हजार परम्परागत पोशाकमा सजिएका मानिसलाई पनि भव्य समारोहमा आमन्त्रित गरिएको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.