मोटरसाइकलमा गाँजा भेटिएपछि चालक पक्राउ

मोटरसाइकलमा गाँजा भेटिएपछि चालक पक्राउ
प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको मोटरसाइकल।
सुन्नुहोस्

विराटनगर : मोरङको जहदाबाट प्रहरीले बुधबार राति लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। जहदा गाउँपालिका–१ धुनी टोलका २६ वर्षीय अमित मण्डल राति ९:३० बजेतिर पक्राउ परेका हुन्। 

इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको सइ उज्वल शाक्य नेतृत्वको टोलीले प्रदेश १–०४–००१ प ९८०२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएर चेकजाँच गर्दा गाँजा बरामद भएको थियो। 

गाँजा बरामद भएसँगै मोटरसाइकल चालक मण्डललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार ६ किलोग्राम गाँजा बरामद भएको छ। 

पक्राउ परेका मण्डल, बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.