ट्राफिक चेकिङमा रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु, गठ्ठाघर क्षेत्र तनावग्रस्त

ट्राफिक चेकिङमा रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु, गठ्ठाघर क्षेत्र तनावग्रस्त
तस्बिर सौजन्य : Buzz Karmacharya

काठमाडौं : भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीका अनुसार ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिएको स्कुटरलाई पछाडिबाट ट्रकले ठक्कर दिएको थियो। 

बा४९प ८९४४ नम्बरको स्कुटरलाई ना६ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको हो। ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको छ। ट्रकले ठक्कर दिँदा महिलालाई केही परसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन्। अहिले पनि उनको शव ट्रकमुनि रहेको प्रहरीले बताएको छ। क्रेन ल्याएर महिलाको शव निकाल्ने प्रयास भइरहेको डीएसपी कार्कीले बताए। मृतकको परिचय खुलेको छैन। 

स्कुटर चालकको मृत्यु भएपछि अहिले गठ्ठाघर चोकमा प्रदर्शन भइरहेको छ। स्थानीय व्यक्तिहरूले ट्रकमा ढुंगामुढा गरिरहेका छन्। त्यहाँको अवस्था तनावग्रस्त रहेको प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.