पैसा उठाएर अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु

पैसा उठाएर अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु
सुन्नुहोस्

रुकुमपूर्व : रुकुम पूर्वमा पैसा उठाएर अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको कुरेपानी सडक खण्ड सुचारु गरिएको छ । बिहीबार राति आएको अविरल वर्षाले कुरेपानीमा सडक माथिबाट रेतीसहितको पहिरो खस्दा शुक्रबार बिहानैबाट जिल्ला बाहिरिने र भित्रिने यातायातका सवारीसाधन ठप्प भएको थियो।

यातायात व्यवसायी, गाडी धनी र सवारी चालक तथा मोटरसाइकल धनी लगायतले पैसा उठाएर अवरुद्ध सडक खण्ड सुचारु गरिएको गाडी धनी सुन्दर गौतमले बताए । 

गाडी धनी सुन्दर गौतमका अनुसार बिहानैदेखि  पहिरो हटाउन कसैले चासो नदेखाएपछि रुकुमकोट यातायात प्रा लि का इन्चार्ज सनम गौतमको नेतृत्वमा यातायातकर्मीहरुको सहयोगमा कुरेपानीको अवरुद्ध सडक खुलाइएको हो । 

गौतमका अनुसार सम्बन्धित निकायलाई पहिरो गएको जानकारी बताउँदा पनि बैठक भेला जस्ता कुरा गरेर काम गर्न ढिलो गर्ने र बिहानै जिल्ला भित्रिने तथा बाहिरिने यात्रुको आ-आफ्नै महत्त्वपूर्ण काम हुने भएकाले आफ्नै सक्रियतामा स्काभेटरमार्फत पहिरो हटाइएको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.