रुकुम पूर्वमा स्वास्थ्य बिमा गर्नेको संख्या बढ्यो
रुकुमपूर्व : रुकुम पूर्वमा स्वास्थ्य बिमा गर्नेको संख्या बढेको छ। जिल्लामा २०७४ सालदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएकोमा हालसम्म १० हजार २ सय ८० जनाले स्वास्थ्य बिमा गरेका छन्। बर्सेनि स्वास्थ्य बिमा गर्नेको संख्या बढ्दै गएको छ। स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय रुकुम पूर्वका अनुसार जिल्लामा बर्सेनि स्वास्थ्य बिमा गर्नेको संख्या बढ्दो क्रममा छ।
जिल्लामा स्वास्थ्य बिमा गर्नेको संख्या १० हजार २ सय ८० जना पुगेको छ। जसमा महिला ५ हजार ५ सय २७ जना छन् भने पुरुष ४ हजार ७ सय ५२ जना रहेका छन्।
जिल्लामा सबैभन्दा बढी बिमित भूमे गाउँपालिकामा रहेका छन्। भूमेमा ४ हजार ५ सय २८ जनाले स्वास्थ्य बिमा सेवा लिएका छन् भने सबैभन्दा कम पुथा उत्तरगंगा गाउँपालिकामा २ हजार ६ सय ८३ जनाले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड रुकुमपूर्वका कार्यालय दर्ता अधिकारी सपना पुनले बताए।