नुवाकोटको काफलडाँडामा आकर्षक झरना फेला

नुवाकोटको काफलडाँडामा आकर्षक झरना फेला
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको काफलडाँडामा आकर्षक झरना फेला परेको छ। नुवाकोटको विदुर र काठमाडौंबाट नजिकै रहेको शिवपुरीमा गोकुलेश्वर झरना पहिचान भएको हो। यससँगै शिवपुरीमा लौकोसहित दुई र ककनी फुङफुङ झरनासमेत चर्चित रहेको छ।

शिवपुरी गाउँपालिका-८ मा रहेको गोकुलेश्वर झरनामा व्यावसायिक पदयात्रा र स्नान सुरुवात गरिएको छ। सडकमार्गको पहुँच रहेको सो स्थानमा रहेको झरनाबाट आन्तरिक तथा बाह्य पर्यटक आगमन हुने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले बताए।

राजधानी काठमाडौं नजिक रहेको काफलडाँडा, शितलपाटीमा आकर्षक झरना फेला गरेसँगै सर्वसाधारणको आगमन सुरु भएको स्थानीय युवा विपुल पाण्डेले बताए। 

सो झरना स्वदेशी तथा आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्ने स्थानीयबासीले आकलन गरेका छन्। सो झनाको विधिवत् रूपमा पदयात्रा र स्नान गर्ने कार्यको सुरुवात गरिएको छ।

गोकुलेश्वर झरनाको एक कार्यक्रमका बीच प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सुरुवात गरेका छन्। पर्यावरणमा रुची राख्ने हिसाबले यस झरनाले आन्तरिक तथा बाह्य पर्यटक तान्ने अध्यक्ष बस्नेतले बताए।

गाउँपालिका अध्यक्ष गोविन्द्रप्रसाद थपलियाले ‘गोकुलेश्वर महादेव गोकुलधुप झरनाको नजिकै लौके झरना स्थापित भइसकेको र नयाँ झरना पनि आवश्यक मापदण्ड पूरा गरेर ल्याउँदा स्थापित हुने सम्भावना रहेको बताए।

कार्यक्रममा सयौको संख्यामा स्थानीयबासी लगायत आन्तरिक पर्यटनमा रुची भएका सर्वसाधारण सहभागी भएका थिए। काठमाडौं सामाशुसीबाट २० किलोमिटरको दूरीमा रहेकोले पनि गोकुलेश्वर झरना पर्यटकहरूका लागि सहज गन्तव्य बन्ने स्थानयिवासीको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.