टावरहरू अवरुद्ध हुँदा ग्रामीण नागरिक मारमा

टावरहरू अवरुद्ध हुँदा ग्रामीण नागरिक मारमा
सुन्नुहोस्

रुकुमपूर्व : रुकुमपूर्वमा नेपाल टेलिकमको टावरहरूमा समस्या हुँदा स्थानीय मारमा परेका छन्। भूमे गाउँपालिका–८ को महिबाङ, सिस्ने गाउँपालिका ६ को खोपीचार, सिस्ने गाउँपालिका वडा नम्बर ४ दादिङ र वडा नम्बर १ मा रहेको नेपाल टेलिकमको टावरमा समस्या हुँदा स्थानीय मारमा परेका हुन्। केही समयदेखि यी स्थानका टावरमा समस्या देखिएको हो।

सिस्ने गाउँपालिका-४ का करुणा पुनमगरले कतैका टावरमा घाम नलाग्दा र कतैका टावरमा बत्तीको नहुँदा समस्या आएको बताए। टावरमा समस्या हुँदा फोन सम्पर्कमा समस्या खेपिरहनु परेको अर्का सिस्ने-६ का स्थानीय ईश्वरी रोकाले बताए। त्यस्तै सिस्ने-६ का स्थानीय दीपेन्द्र बस्नेतका अनुसार पानी पर्नेबित्तिकै टावर जाने आउने गरेको उनले दुःखेसो पोखे।

भूमे गाउँपालिका-८ को महिबाङमा पनि टावर त सञ्चालनमा छ तर फोन गर्नलाई डाँडाकाँडा धाउने गरेको र कुनै मोबाइलमा टावर नै नआउने स्थानीयको भनाइ छ। नेपाल टेलिकम रुकुमपूर्वका प्रमुख झुपलाल ओलीका अनुसार विद्युत् नभएकाले खोपिचा, दादिङ लगायतको टावरमा समस्या हुने गरेको छ। सोलार भएको ठाउँमा वर्षाको समय भएकाले घाम लागेपछि मात्रै टावर सञ्चालनमा हुने उनको भनाइ छ। उनका अनुसार सबै टावरमा तत्काल विद्युत् पुर्‍याउन सके मात्रै जिल्लाका सबै टावर प्रभावकारी ढंगबाट सञ्चालन गर्न सकिनेछ।

टेलिकमको टावर सञ्चालन गर्न ४८ भोल्ट विद्युत् आवश्यक पर्छ। केही ठाउँको टावरमा बत्ती लग्न तार, पोल गाडिसकेको भएपनि विद्युत् सुचारु गर्ने काम बाँकी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.