गुल्मीमा गुडिरहेको बसमा लेदो सहितको पहिरो

गुल्मीमा गुडिरहेको बसमा लेदो सहितको पहिरो
सुन्नुहोस्

गुल्मी : बुटवलदेखि गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको बसमा लेदो सहितको पहिरोले क्षति पुर्‍याएको छ। जिल्लाको रुरुक्षेत्र गाउँपालिका-१, रातामाटा स्थित सडकमा एक्कासि लेदो सहितको पहिरो खसेर लु १ ख ५९२० नम्बरको बसको केही भाग पुरिएको हो।

गुडिरहेको बसमा एक्कासि पहिरो खस्दा बसको केही भाग पुरिएको र यात्रु भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। बसमा बुटवलदेखि तम्घासका छ जना र अन्य स्थानका तीन गरेर ९ जना यात्रु सवार थिए।

मदन भण्डारी राजमार्गअन्तर्गत उक्त सडकमा अहिले इलाका प्रहरी कार्यालय रिडी गुल्मीका प्रहरी निरीक्षक अनिल थापाको कमान्डमा प्रहरी , जनप्रतिनिधि, स्थानीयको सहयोगमा पहिरो फाल्ने र बस निकाल्ने काम भइरहेको छ। गुल्मी लगायत आसपासका क्षेत्रमा मंगलबार बिहानदेखि अविरल वर्षा भइरहेको छ। ग्रामीण क्षेत्रका सडक पहिरोका कारण अवरुद्ध बनेका छन्।

यात्रु बर्सात र पहिरोका कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। मदन भण्डारी राजमार्गको रिडीदेखि भेडुवासम्मको २५ किलोमिटर सडकमा स्तरोन्नतिको काम भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.