डुबानबाट यसरी जोगाउँ अमरपथ

डुबानबाट यसरी जोगाउँ अमरपथ
सुन्नुहोस्

बुटवलको अमरपथ थोक तथा खुद्रा व्यापारको प्रमुख थलो हो। यस क्षेत्रकै महत्वपूर्ण बजार क्षेत्रका रूपमा रहेको अमरपथ पछिल्ला केही वर्षदेखि वर्षातको समयमा डुबानको चपेटामा पर्दै आएको छ। यहाँ लगातार तीन÷चार घण्टा वर्षा हुँदा सडकमा पानी जम्छ। 

उक्त पानी डाँफे गल्लीबाट पश्चिम हुँदै खोल्सामा जाने हुँदा व्यवसायीहरूले निकै जोखिम मोल्नुपरिरहेको छ। खोल्सामाथिका सबै संरचना हटाइ साबिकको चौडाइसहितको खोल्सी पुनःस्थापित गराउनुपर्छ। खोल्सीको जलाधार क्षेत्र बमघाटदेखि तिनाउ नदीमा पुग्दासम्मको खोल्सी किनारामा सार्वजनिक जग्गामा निर्माण भएका सबै खालका व्यावसायिक, सामाजिक, धार्मिकलगायतका सबै संरचना हटाउनुको विकल्प छैन। 

पुल्चोक र हाटबजार क्षेत्रको पानीलाई अमरपथ नआउने गरी बैकल्पिक व्यवस्थापन गराई तिनाउ नदीमा खसाल्ने, इलाका प्रहरी कार्यालय दक्षिणको डाइभर्सनलाई निर्माणको समयमा परिकल्पना गरेअनुसार कार्यान्वयन गर्ने, अमरपथ सडकलाई पुल्चोकबाट हाटबजार हुँदै आउँदा जस्तैः अमरपथको सडक पनि दक्षिणतर्फ होचो गराउँदै कुला र नहरमा जस्तै सररर पानी बग्न सक्ने गरी निर्माण गर्नुपर्छ। 

लेदो माटोसहितको बाढीका कारण बन्द खोल्सीभित्र थुप्रिएको माटोसहितको फोहोर नियमित सरसफाइ गर्ने प्रबन्ध मिलाउन सके अमरपथ डुबानबाट जोगिन सक्छ।  

(अर्याल,बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हुन्।)


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.