गाजा आक्रमणमा अहिलेसम्म १७० पत्रकारको मृत्यु

गाजा आक्रमणमा अहिलेसम्म १७० पत्रकारको मृत्यु
फाइल तस्बिर।

गत अक्टोबर–७ मा गाजा पट्टीमा इजरायली  आक्रमण सुरु भएदेखि मृत्यु भएका पत्रकारहरूको सङ्ख्या १७० पुगेको छ ।

गाजाको सरकारी मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा गाजा शहरको मुस्तफा हफेज विद्यालयलाई निशाना बनाइ गरिएको आक्रमणमा पत्रकार हम्जा अब्दुल रहमान मुर्तजाको शहादतपछि मृत्यु भएका पत्रकारहरूको सङ्ख्या १७०  पुगेको उल्लेख छ ।

विज्ञप्तिमा विश्वव्यापी पत्रकारिताको क्षेत्रमा अन्तर्राष्ट्रिय इजरायली कब्जालाई रोकी  अपराधका लागि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउन र पत्रकारको हत्या र  अपराध रोक्न दबाब दिन आह्वान गरिएको छ ।

इजरायली कब्जामा रहेको विमानले मङ्लबार गाजामा सयौं विस्थापितलाई आश्रय दिँदै एक विद्यालयमा बम प्रहार गरेको थियो ।  जसमा अधिकांश महिला तथा बालबालिकासहित १२ जना प्यालेस्टिनीहरू मारिएका थिए भने दर्जनौं घाइते भएका थिए ।

गाजा आक्रमणको  १० महिनाभन्दा बढी समयदेखि जारी छ । युद्धका कारण दशौँ हजार शहीद, घाइते र बेपत्ता छन्, आक्रमणले पूर्वाधार र महत्त्वपूर्ण सुविधाहरूको विनाश गरेको छ । निरन्तरको आक्रमणले गाजामा खाना, पानी, औषधि र ईन्धनलगायतको आपूर्ति अवरुद्ध भएको कारण गाजापट्टीमा अकल्पनीय मानवीय सङ्कट निम्त्याएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.