फेक अडियो प्रकरणका फरार अभियुक्त राजकुमार तिमल्सिना पक्राउ

फेक अडियो प्रकरणका फरार अभियुक्त राजकुमार तिमल्सिना पक्राउ

काठमाडौं : फेक अडियो प्रकरणका फरार अभियुक्त राजकुमार तिमल्सिना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिमल्सिनालाई बुधबार साँझ पक्राउ गरेको हो। अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले तिमल्सिना पक्राउ परेको पुष्टि गरे।

सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्ममी र पत्रकार समेतलाई मुछेर तिमल्सिनाले फेक अडियो बनाएका थिए। उनले दिएको उक्त फेक अडिया सिधाकुराले 'डार्क फाइल' नाम दिएर प्रसारण गरेको थियो। उक्त अडियो प्रहरीको साइबर ब्युरोले झुटो भएको प्रमाणित गरेको थियो।

ब्युरोका निर्देशक डीआइजी नविन्द अर्यालको नेतृत्वमा बनेको समितिले सिधाकुरामा प्रसारित अडियो झुटा भएको र यसमा संलग्नविरुद्ध तीनवटा कसुरमा अनुसन्धान गरी कारबाही गर्नुपर्ने राय दिएको थियो। 

त्यसलगत्तै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गत असार १३ गते विद्युतीय कारोबार ऐन र अपमानजनक कसुरविरुद्धको अपराध गरेको अभियोगमा तिमल्सिना र सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई प्रतिवादी बनाएर १ लाख रुपैयाँसम्मको जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो। कँडेल र ढुंगाना भने फरार छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.