मुस्ताङमा  पोखरीमा डुबेर एक युवकको मृत्यु

मुस्ताङमा  पोखरीमा डुबेर एक युवकको मृत्यु
सांकेतिक तस्बिर।

जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ तिरी गाउँ नजिक पौडी खेल्ने क्रममा पोखरीमा डुबेर एक युवाको मृत्यु भएको छ ।  वारागुङ मुक्तिक्षेत्र—४ को तिरी गाउँ नजिकको पोखरीमा बुधबार दिउँसो अन्दाजी ४ बजे  वारागुङ मुक्तिक्षेत्र—१ खिङ्गाका ३५ वर्षीय विकल गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

गुरुङ वारागुङ—१ खिङ्गाबाट पौडी खेल्नका लागि आफ्ना केही साथीहरूसँग त्यहाँ पुगेका थिए । साथीहरुसँगै पौडी खेल्ने क्रममा अचानक पोखरीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेयले जानकारी दिए ।

पौडी खेल्ने क्रममा युवाको मृत्यु भएको सूचनापछि नजिकैको कागबेनी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक यमबहादुर दरैको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले  घटनास्थलको मुचुल्का लगायतका कार्य सम्पन्न गरेको छ भने घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.