प्रहरीको ३० वर्षे सेवा कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

प्रहरीको ३० वर्षे सेवा कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीको अवकाश रोक्न अन्तरिम आदेश दिएको छ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलाशले २१ प्रहरी अधिकारीले दिएको रिटमाथि सुनुवाइ गर्दै ३० वर्षे सेवा अवधिका आधारमा सेवाबाट अवकाश हुने भनी दिइएको पत्र कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको हो। 

आगामी भदौ १६ गतेदेखि अवकाशमा जान लागेका प्रहरी अधिकारीमध्ये २१ जनाले ३० वर्षे सेवाअवधि हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। एसएपी जीवक कुमार श्रेष्ठ, दिनेसराज मैनालीलगायतले वारेसमार्फत रिट दर्ता गराएका थिए।

 
सर्वोच्चले प्रहरी किताबखानाले अवकाश पत्र थमाएको सम्बन्धमा कारण देखाऊ आदेश पनि जारी गरेको छ। यो आदेशसँगै ३० वर्षे सेवा हदका कारण अवकाशमा जान लागेका ठूलो संख्यामा प्रहरीहरूको अवकाश रोकिएको छ। आउने असोज १० गते यो रिटको पूर्ण सुनुवाइको लागी पेसी तोकिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.