भारतीय प्रधानमन्त्री मोदी र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ। युक्रेनको राजधानी किभमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो।
साढे दुई वर्षदेखि चलिरहेको युक्रेन र रुसबीच जारी द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न उनीहरूबीच ऐतिहासिक छलफल भएको एजेन्सीहरूले उल्लेख गरेका छन्।
प्रधानमन्त्री मोदीले युक्रेन र रुसबीचको विवाद वार्ताको माध्यमबाट हल गर्न सकिने बताएका थिए। उनले दुई देशबीच भइरहेको युद्धलाई रोकेर शान्ति पुनःस्थापनाका लागि वार्ता र कूटनीतिक पहल गर्न भारत तयार रहेको बताएका छन्।
भारतीय प्रधानमन्त्री मोदीले युद्धमा ज्यान गुमाएका सहिदहरूप्रति श्रदाञ्जली अर्पण गरेका थिए। उनले द्वन्द्वले बालबालिकाको निहत्था ज्यान लिइरहेकाले शान्ति स्थापनाका लागि अपील गरे। उनले युद्धमा ज्यान गुमाएका परिवारलाई संवेदना दिएका थिए।