मिल्ती बजारमा बाढी : ५ वटा घर,पसलमा क्षति
काठमाडौं : रामेछापको मन्थली नगरपालिका-१३ मिल्ती बजारमा अविरल बर्षापछि आएको बाढीले क्षति पु्र्याएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार रामेछाप र दोलखा जोड्ने मिल्ती खोलाको पुलको रामेछापतर्फ भूभाग कटान गर्दा ५ वटा घर ,पसलमा क्षति पुगेको हो।
प्रहरीका अनुसार बाढीले दोलखा मेलुङ गाउँपालिका-६ बस्ने विकास मगरको २ तले टष्टले बनेको घर, मन्थली नगरपालिका-१४ पोखरी बस्ने गणेश खड्काको टष्टले बनेको एकतले घर र किराना पसल, मन्थली- १३ मिल्ती बस्ने देबेन्द्र बहादुर मगरको ब्लक र जस्ताले बनेको एक तले घर र होटल, युबराज खत्रीको ढुङ्गा माटोले बनेको एकतले घर, मन्थली-१४ पोखरी बस्ने सरोज कुमार तामाङको ब्लक र जस्ताले बनेको एक तले घरमा क्षति पुगेको हो। प्रहरीका अनुसार बाढीबाट झण्डै १९ लाखको क्षति भएको छ।
पुलमा सवारी साधन गुड्न सक्ने अवस्था नरहेको प्रहरीको भनाई छ।