अपडेट

शैलुङ - दोरम्बामा पहिरो : एकै परिवारका दुईसहित ६ जनाको शव फेला, ४ बेपत्ता

शैलुङ - दोरम्बामा पहिरो : एकै परिवारका दुईसहित ६ जनाको शव फेला, ४ बेपत्ता
तस्बिर : सिंहराज योञ्जन तामाङ

काठमाडौं : रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेकखर्कमा पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ। गएरातिको अविरल बर्षासँगै आएको पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो। 

पहिरोले पुरिएको अवस्थामा घटनास्थलबाट शव निकालिएको प्रहरीले जनाएको छ। प्रहरी कार्यालयका  अनुसार हालसम्म चण्डिका श्रेष्ठ, १८ महिने बालक आमुस श्रेष्ठ, उर्मिला पहरी, सन्दीप पहरी, विज्ञान पहरी, सन्तोष पहरीको शव पहिरोबाट निकालिएको हो।

nullघटनास्थलमा पुगेका स्थानीय सिंहराज योञ्जनका अनुसार अझै चार जना बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको छ। पहिरोमा फड्की पहरी, काले पहरी, झ्याउकिरी पहरी, बिन्दा पहरी बेपत्ता रहेका छन्। पहिरोमा परेर घाइते अवस्थामा अञ्जना पहरीको उद्धार गरिएको छ। उनको कम्मरभन्दा मुनिको भाग नचल्ने भएकाले उपचारको लागि दोरम्बा स्वास्थ्य चौकीबाट चिकित्सक बोलाइएको छ।

अहिले नेपाली सेना, प्रहरी, स्थानीय उद्धार र खोजी कार्यमा जुटिरहेका छन्। पहिरोले ४ वटा घर र दोरम्बा गाउँपालिका वडा नम्बर ३ र २ को बीचमा रहेको पक्की पुल पनि बगाएको छ। पहिरो गएपछि त्रासले टोकरपुरबासी रातभर जागै बसेका थिए। गएरातिको वर्षापछि पहिरो जाँदा वडा नम्बर १,२ र ३ का स्थानीय प्रभावित भएका छन्।

null

यता बाढीले रामेछाप र दोलखाको सिमानामा रहेको मिल्ती खोलाको पुलमा समेत क्षति पुर्‍याएको छ।

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.