अछाममा फुपू- भदै मृत्यु प्रकरण

अनुसन्धानका लागि एक बालकसहित तीनजना प्रहरी नियन्त्रणमा, विज्ञ टोली आउँदै

अनुसन्धानका लागि एक बालकसहित तीनजना प्रहरी नियन्त्रणमा, विज्ञ टोली आउँदै
सांकेतिक तस्बिर।

अछाम : ढकारी गाउँपालिकामा फुपू -भदै मृत्यु प्रकरणमा प्रहरीले हालसम्म तीनजनालाई नियन्त्रणमा लिएको बताएको छ । प्रहरीले सोमबार साँझ सोधपुछका लागि एक बालकलाई  समेत नियन्त्रणमा लिएको हो । यसअघि प्रहरीले आइतबार दुईजनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएका तीनजना ढकारी १ र ३ का हुन् । 

प्रहरीले सोमबार अन्दाजी ११ वर्षीया बालकलाई सोधपुछका लागि मंगलसेन ल्याएको प्रहरी नायब उपरीक्षक डीएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए । घटनाको विषयमा हालसम्म बालकसहित तीनजनालाई नियन्त्रणमा लिएको उनले बताए । उनले भने,'अहिलेसम्म बालकसहित तीनजनालाई सोधपुछका लागि ल्याएका छौं । बालकलाई मंगलसेन ल्याउँदा उनको अभिभावक बुवा पनि सँगै आएका छन् ।’ 

स्रोतका अनुसार घटनाको प्रत्यक्षदर्शी ११ वर्षीया बालक रहेको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धानमा सहयोग गर्न प्रदेश प्रहरी कार्यालय धनगढीबाट प्रहरीको टोली अछाम आउने भण्डारीले बताए । उनले भने,‘घटनाको विषयमा निकै सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौं । अनुसन्धानका लागि थप सहयोग चाहिएकाले  विज्ञ टोली अछाम आउँदैछ ।’

नेपालगञ्जमा दुवैको शव पोष्टमार्टमपछि र आजै शव लिएर अछाम फर्किएको मृतकका आफन्त रमेश भण्डारीले जानकारी दिए । 

शुक्रबार सम्पर्कविहीन भएका इसरा र सरस्वति शनिबार छिन्ने ओढार जंगलमा मृत अवस्थामा भेटिएका थिए । दुवैजनाको शव १५ मिटरको दुरीमा रहेको थियो । मृतक दुवै कमलबजार नगरपालिकाको विद्या प्रवोधनी मावि कक्षा ८ मा  छात्रा हुन्।

 

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.