दोरम्बा शैलुङ गाउँपालिकामा पहिरोले ३ घर र पक्की पुल बगायो

दोरम्बा शैलुङ गाउँपालिकामा पहिरोले ३ घर र पक्की पुल बगायो
तस्बिर : सामाजिक सञ्जाल

काठमाडौं : रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको लेखर्कमा पहिरो जाँदा तीन घर बगाएको छ। गएराति पहिरो गएको र घर बगाएको जानकारी पाए लगत्तै घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रहरीका अनुसार दोरम्बा गाउँपालिका वडा नम्बर ३ र २ को बीचमा रहेको पक्की पुल पनि बगाएको छ। मन्थलीबाट गएको टोली पुल बगाएकाले घटनास्थलमा पुग्न सकेको छैन। दोरम्बाबाट हिँडेको टोली केही समयमै घटनास्थलमा पुग्ने प्रहरी कार्यालयले जानकारी दिएको छ। nullदोरम्बा शैलुङ गाउँपालिका- २ र ३ को सिमानामा रहेको ढुईगाउँ खोलाको पुल। तस्बिर सौजन्य : गणेश बहादुर मगर

यता दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैन कुमार मोक्तानले पनि ४ वटा घर बगाएको र केहि बेपत्ता भएको जानकारी आएकाले घटनास्थलतर्फ आफू जाँदै गरेको जानकारी दिए। उनले अन्नपूर्णसँग भने,‘गएराति आएको पहिरोले ४ वटा घर बगाएको र केहि मानिस बेपत्ता भएको जानकारी मलाई प्राप्त भएको छ। पहिरोले पुल पनि बगाएको छ। हामी पनि घटनास्थलतर्फ जाँदैछौँ। के-के भएको हो आधिकारिक विवरण पुगेपछि प्राप्त हुन्छ।’

पहिरो गएपछि त्रासले टोकरपुरबासी रातभर जागै बसेका थिए। थप विवरण आउन बाँकी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.