कोदोको महिमा संसारभरि

कोदोको महिमा संसारभरि
सुन्नुहोस्

भौगोलिक विकटताले अन्य खाद्यान्नका सामग्री पुर्‍याउन कठिन छ हिमालमा। अढाई दशकपहिले खाद्यान्नको मुख्य स्रोत कोदो, मकै, फापर र आलु नै हो। म जन्मेहुर्केको स्थानमा न धेरै चिसो न धेरै तातो। मध्यम हावापानी भएकाले मुख्य गरी कोदो नै उत्पादन हुने गरेको थियो। त्यसपछि मकै, धान अलि कम मात्रामा उत्पादन हुन्थ्यो।

सानामा तेरा घरमा के पाक्यो आज ? कोदोको ढिँडो त होला नि !क चामल कहिल्यै खाएका छौ ? ‘छ’ भन्थें। ‘हिजो पकाएर दिनु भएको थियो।’ म बच्चा भएका कारण उहाँले व्यंग्यशैलीमा भन्नुभएको रहेछ। ए...! तिमीहरू गरिबले खाने भनेको त्यही कोदो र मकै त हो। यी हामी जस्ताले हो, बसी बसी धानको भात खाने। हो हामीलाई आफ्नो घरमा जे बढी उत्पादन भएको छ, त्यसैलाई मिलाएर खुवाउनु हुन्थ्यो। कहिले मकै, जाडो समयमा कोदोको ढिँडो, रोटी। त्यसैले त्यो समयमा कोदोलाई गरिबको भान्सामा मात्र पाक्ने परिकारको रूपमा लिएको थियो। भौगोलिक अवस्थाअनुसार उत्पादन हुने अन्नलाई गरिबको खानाको रूपमा लिएको थियो। धनीले यस्तो खाना पनि खान हुन्छ र ? त्यो भनेको अलिक अवस्था कमजोर भनौं न बजार गएर, सहरबाट किनेर ल्याउन नसक्नेले मात्र खाने अन्नको रूपमा लिइथ्यो।

समय, परिस्थिति र अवस्था बित्दै जाँदा विचार पनि फेरिएको छ। हिजो आज कोदो नेपालको चौथो मुख्य बाली हो। कोदोलाई पहाडी क्षेत्रको मकैपछिको दोस्रो मुख्य बालीको रूपमा लिइन्छ। यसलाई गरिबको खाना पनि भनिन्छ। यसको खेती कम मलिलो तथा सुक्खा जग्गामा गर्न सकिन्छ। पहाडी भागमा यो कम खर्चमा कोदो खेती गर्न सकिन्छ। कोदोबाट ढिँडो, रोटी, सातु, लिटो खोले, पुलाउलगायतका परिकार बनाएर खान सकिन्छ। खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महŒवपूर्ण बाली हो। भाते बालीको संस्कृतिमा हुर्केको समाजमा कोदोलाई नेपालीको मान्छामा कम महŒव दिएको पाइन्छ। तर पछिल्ला दिनमा जनचेतनाको वृद्धि र स्वास्थ्यको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महŒव तथा उपयोगिता दिनदिनै बढ््दै गइरहेको छ। यो मधुमेहका बिरामीका लागि उपयुक्त अन्नबालीको रूपमा लिइँदै आएको छ।

हिजो आज नेपालको मुख्य पर्यटकीय आकर्षणको बिन्दु पोखराको महँगा होटलमा देख्न सकिन्छ कि ‘यहाँ कोदो, मकै, फापरको ढिँडो पाइन्छ’। किन त हिजोका दिनमा छिःछी र दूरदूर गर्ने अति धनाढ्य मान्छे आज लौन कोदो कहाँ पाइन्छ ? भन्दैछन््। गाउँको अर्गानिक कोदो जसरी भए पनि ल्याइदिनु होला, मलाई त डाक्टरले कोदो खानु भनेको छ। बरु जति पैसा पर्छ म दिन तयार छु। तर जसरी भए पनि कोदो ल्याइदिनु पर्‍यो। अचेल धेरैले यसरी बिन्ती बिसाएको सुन्न पाइन्छ।

हिजो नखाने भनेर फ्यालेको लातीले हानेर पर उछिट्याएको अन्न आज अमृतबराबर मानेर खाएको पाइन्छ। हरेक होटलमा काम विशेषले जाँदा होस्् वा अन्य अवस्थाले अहिले ढिँडो पाइन्छ। कति त ढिँडो खान धाएर आएको भन्छन््। बरु समय एकछिन ढिलो होस्् तर ढिँडो नै बनाउनु भनेको सुन्न पाइन्छ। म काम गर्ने स्थानमा कोदो र फापरको महŒव बताउँथें। त्यतिबेला नाम सुनेको छैन छ्या...! त्यस्तो पनि कसले खान्छ ? जस्ता प्रश्न म माथि आएका थिए। त्यो नजान्नु र महŒव नबुझ्नु त उहाँहरूको पनि दोष होइन। जस्तो ठाउँमा हुर्किएर जस्तो परिवारले खुवाए त्योअनुसार उनीहरू हुर्किने हो। जब परिवारका अभिभावकलाई नै खानेकुराको महŒव, फाइदा नै थाहा छैन भने ? कोदो किन खानुपर्छ भन्ने ज्ञान हुँदै स्वाभाविक रूपमा त्यस परिवारमा जन्मेहुर्केका साना नानीबाबुलाई जानकारी नहुनु सामान्य नै हो। जब एउटी घरकी आमालाई खानाको बारेमा उसलाई सम्पूर्ण जानकारी हुन्छ तब उसको भान्सामा पाकेका खाना सबै लाभदायक नै हुन्छन््। आमा परिवारका अभिभावकलाई खानाका परिकार उसको इच्छाअनुसार बनाएका हुन्छन््।

​​​​​​​जब अहिले अस्पतालका बेडमा हँुदा त्यस्तो खाना खानुभन्दा राम्रो खानु होला भन्दा समेत उनीहरू खाँदैनन््। जब धन सम्पत्तिको खोला बगाएर औषधि उपचार गराइन्छ। त्यसमा पनि एकपछि अर्को रोग देखा पर्छ अनिमात्र ए हो रहेछ भन्ने चेतना जाग्छ धेरैमा। हिजोआज सामाजिक सञ्जालमा भेटिन्छ कोदोको व्यापार बरु। प्रत्येक पसलमा कोदोको बिस्कुट, कोदोको केक पाइन्छ भन्दा एकछिन अडिएर हेर्छु। हिजो हाम्रा हजुरबुबा, आमाले स्वच्छ हावापानीमा बिना मिसावट आगोमा पकाएका ती परिवार खाएर हुर्केका मानिस नै हुन््, सहरमा केक, बिस्कुटको अवधारणा ल्याउने। चाबहिलको एउटा क्याम्पस छेउमा ठूलो अक्षरमा सेतो पानामा लेखिएको देखें, यहाँ फापरको मःमः पाइन्छ। बडो खुसी लाग्यो।

सामान्यभन्दा सामान्य खानेकुरा हिजोआज सहरी क्षेत्रमा बस्नेलाई खासै थाहा हुँदैन। बरु विदेशी आएर हाम्रो गाउँघरमा पाइने भुटेको मकैलाई आफ्नो देशमा लगेर (कन्फ्लेक्स) बनाउँछौं। जुन हाल आधुनिक सहरियाको भान्सामा देख्न पाइन्छ। भुटेका मकै खाइँदैन तर ‘कन्फ्लेक्स’ खोजीखोजी मीठो मानेर खाइन्छ। प्रशस्त मात्रामा आइरन, नियासिन ट्यानिन क्याल्सियमलगायत फाइरोकेनिकल्स पाइनुका साथै एन्टिअक्सिन्टले समेत परिपूर्ण हुन्छ। यसले पाचन प्रणालीमा सुधार ल्याउँछ।

कोदोले क्यान्सरको जोखिम कम गर्छ। शरीरको शुद्धीकरण गर्छ। सँगै विषाक्तता भगाउँछ यसले। यसले थप श्वासप्रश्वास क्षमता वृद्धि गर्छ। ऊर्जा स्तरमा वृद्धिसँगै मांसपेशी नसासम्बन्धी समस्या भए सुधार ल्याउँछ। रगतको कमी हुन दिँदैन। यसको प्रयोगले छाला चम्किलो बनाउनुका साथै कुपोषणबाट मानिसलाई बचाउँछ। अझै धेरै अध्ययनले मुटुको रोगका जोखिमहरू कम गर्छ भनिएको छ। साथै मधुमेहसमेतलाई कम गराउन मद्दत गर्दछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.