धनुषामा लाटोकोसेरो अर्थात रातको राजा ‘मुहदुसा’ उत्सव हुँदै

धनुषामा लाटोकोसेरो अर्थात रातको राजा ‘मुहदुसा’ उत्सव हुँदै
फाइल तस्बिर ।
सुन्नुहोस्

जनकपुरधाम : माघ तेस्रो साता धनुषाको मिथिलेश्वर मौवाहीमा बाह्रौ लाटोकोसेरो तथा हुचिल अर्थात मुहदुसा उत्सव हुने भएको छ। अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर धनुषाको मिथिला विहारी नगरपालिका मिथिलेश्वर मौवाहीमा मिथिला वाईल्ड लाईफ ट्रष्टको आयोजना र प्रकृतिका साथीहरु संस्थाको सहकार्यमा आगामी माघ २५ र २६ गते हुने नेपाल लाटोकोसेरो तथा हुचिल (मुहदुशा) उत्सवको तयारी अघि बढिरहेको छ।

महोत्सवका लागि मौवाहीमा लाटोकोसेरो तथा हुचिल स्तम्भ निर्माण, उत्सव स्थलको व्यवस्थापन प्रचार–प्रसार लगायतको काममा तीव्रता दिइएको  लाटोकोसेरो तथा हुचिल उत्सवका संयोजक देवनारायण मण्डलले बताए। उत्सवलाई सहभागीपूर्ण बनाउनका लागि हाल विभिन्न विद्यालयसँगको सहकार्य, विद्यार्थीबाट लाटोकोसेरो तथा हुचील संरक्षण सम्बन्धी चित्रकला, कविता, निबन्ध संकलन, निमन्त्रणा लगायतका काम भइरहेको आयोजकले जनाएको छ।

‘किसानको साथी’का रुपमा रहेको लाटोकोसेरोले प्राकृतिक सन्तुलन कायम गर्नमा भूमीका निर्वाह गरिरहेको लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पुर्‍याउनका लागि उत्सवको आयोजना गरिएको राजु आचार्यले जानकारी दिए। उत्सवमा लाटोकोसेरो सम्बन्धी लघु म्यूजियम प्रदर्शनी, चरा अवलोकन, प्रकृतिको तस्बिर खिच्ने लगायत कार्यक्रम राखिएको छ। साथै स्थानीय लोपोन्मुख खेलहरु सुररा, गिली डन्टा, ती ती ती, खपडा फुटाई, गोटी गोटी जस्ता खेलहरुको प्रदर्शनी एवं प्रतियोगीता सञ्चालन गरिनेछ। लाटोकोसेरोको महत्व दर्शाउने खालका स्लाइड तथा भिडियो प्रदर्शनी गरिने आयोजकले जनाएको छ।

अवैध चोरीनिकासी, वन बिनास, विषादिको प्रयोग लगायतका कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको आचार्यले बताए। लाटोकोसेरो तथा हुचिल उत्सव नेपाल, अमेरिका र इटालीमा मात्र हुँदै आएको छ।

‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौं’ भन्ने नारा सहित सञ्चालन हुने लाटोकोसेरो तथा हुचिल उत्सवमा वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीबाट लाटोकोसेरो संरक्षण सम्बन्धी नाच, स्थानीय झरीझरी नाच, झिझिया नाच, बाद्यवाजन, सामाचखेवा, रामसिता गीत, महराई, तामाङ्ग सेलो, डम्फ लगायतका स्थानीय बाजा प्रदर्शनी लगायतका कार्यक्रम राखिएको छ।

उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट, लाटोकोसेरो सम्बन्धी जानकारी भएको सूचना, चित्र तथा फोटो, त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्राकृतिक विज्ञान संग्रहालयबाट लाटोकोसेरोको नमूना, गहुँको छवाली, चुरा तथा माटोबाट बनाइएका लाटोकोसेरा समेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ। उत्सवमा आठ किसिमका लाटोकोसेरोको आवाज सुन्ने व्यवस्था मिलाइने छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.