बुद्धनगरमा हत्या भएका व्यक्ति टाइम पास कफी एण्ड पुल हाउसका सञ्चालक
काठमाडौं : काठमाडौंको बुद्धनगरमा गएराती हत्या भएका व्यक्ति टाइम पास कफी एण्ड पुल हाउसका सञ्चालक भएको प्रहरीले जनाएको छ । उक्त पुल हाउस सञ्चालक ४० वर्षीय रुपक बान्तवाको गएराती हत्या भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।
प्रवक्ता अधिकारीका अनुसार घटनास्थलमा अहिले प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।