पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू)
ललितपुर : हिन्दु धर्मावलम्बीहरुले सोमबार कृष्ण जन्माष्टमी पर्व हर्षोल्लासका साथ मनाउँदै छन् । भगवान विष्णुको आठौं अवतार भगवान कृष्णको जन्म दिवस स्वरूप यो दिन मनाइन्छ ।
पाटनस्थित कृष्ण मन्दिरमा पनि सोमबार बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
यस दिन भक्तजनहरू कृष्ण मन्दिरहरूमा पुग्छन्, भक्ति गीत गाउँछन्, व्रत बस्छन् र रातभर जागर राखेर भगवान कृष्णको जन्म मनाउँछन्।
सरकारले आज कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।