प्यूठानमा चट्याङ लागेर पाँच घाइते
बुटवल : चट्याङ पर्दा प्यूठानमा पाँच जना घाइते भएका छन्। सोमवार झिमरुक गाउँपालिका-२ स्थित बादीकोटमा चट्याङ परेको वडा अध्यक्ष कृष्ण पोखरेलले जानकारी दिए।
उनका अनुसार स्थानीय २० वर्षीया विपना परियार, १४ वर्षीया सन्ध्या परियार, ३२ वर्षीया सरस्वता एमसी, ११ वर्षीय सञ्जय जिसी र २१ वर्षीया गीता एमसी घाइते भएका हुन्।
उनीहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल विजुवार लगिएको वडाध्यक्ष पोखरेलले जानकारी दिए।