थाइल्याण्डमा विषाक्त मदिरा सेवन गरी छ जनाको मृत्यु, २२ जना बिरामी

थाइल्याण्डमा विषाक्त मदिरा सेवन गरी छ जनाको मृत्यु, २२ जना बिरामी
फाइल तस्बिर।
सुन्नुहोस्

थाइल्यान्डमा गैरकानुनी रूपमा बनाइएको मेथानोलयुक्त मदिरा पिउँदा कम्तीमा छ जनाको मृत्यु भएको र गम्भीर अवस्थामा रहेका २२ जना लाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बुधबार बताएका छन् । 

बैङ्ककको उत्तरपश्चिमी किनारमा रहेको ‘ख्लोङ साम वा’ जिल्लामा यो घटना भएको हो । अधिकारीहरूले यस क्षेत्रको सडक किनारमा रहेका १९ पसलमा अवैध मदिरा बिक्री गरेको छापापछि फेला पारिएको थाइ प्रशासनले जनाएको छ ।

अस्पतालमा बुधबार बिहान छ जनाको मृत्यु भएको र २२ जनाको अवस्था गम्भीर रहेको बैङ्कक मेट्रोपोलिटन प्रशासनले एक विज्ञप्तिमा जनाएको छ। 

मदिरा पिएर बिरामी हुनेमध्येका एक आफन्तले सार्वजनिक प्रसारणकर्ता थाईपीबीएसलाई भने, 'मदिरा पिएपछि मेरा बुबाले पेट दुखेको बताउनुभयो र पछि बेहोस हुनुभएको थियो । उहाँलाई आईसीयूमा राखी उपचार गरेपछि अहिले होसमा हुनुहुन्छ ।'

थाइल्याण्डमा मदिरा बिक्रीलाई प्रत्येक दिनको निश्चित घण्टामा सीमित गर्ने र धार्मिक बिदाहरूमा यसको व्यापारमा प्रतिबन्ध लगाउने कडा मदिरा कानुनी प्रावधान छन् । तर यस्ता नियमले स्थानीय रूपमा ‘या डोङ’ भनेर चिनिने अनियमित ढङ्गले बनेको सस्तो रक्सीको कालो बजारलाई प्रोत्साहन गरेको आलोचकहरूले बताएका छन् ।  

‘ख्लोङ साम वा’ जिल्लाका शीर्ष स्थानीय अधिकारी सोमवाङ चाइप्राक्राइवानले अधिकारीहरूले यस क्षेत्रका अवैध मदिरा पसलमाथि कारबाही गरेको बताए। 

'प्रहरी र अन्तःशुल्क विभागले गैरकानुनी मदिरा व्यापारीलाई पक्राउ गरी हिरासतमा लिएको छ,' सोमवाङले बताए। 

अवैधरूपमा बनाइएको मदिरामा यसको शक्ति बढाउन प्राय मेथनोल मिसाइन्छ । मेथानोलको सेवनले अन्धोपन, कलेजोको क्षति र मृत्युसमेत निम्त्याउन सक्छ । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.