एकीकृत उच्च शिक्षा विधेयक छिटै ल्याउँछौं : मन्त्री भट्टराई

एकीकृत उच्च शिक्षा विधेयक छिटै ल्याउँछौं : मन्त्री भट्टराई
सुन्नुहोस्

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक कानुनहरू निर्माणमा ध्यान केन्द्रीत गरेको बताएकी छन्। बुधबार सिंहदरबारमा पत्रकारसँग छलफल गर्दै मन्त्री भट्टराईले एकीकृत उच्च शिक्षा विधेयकलाई छिटै ल्याउने तयारी भइरहेको समेत बताइन्।

शिक्षा विधेयक ल्याउन सके शिक्षामा सुधार ल्याउन सकिने उनले बताइन् । उनले आफ्नै ऐन कानुनबाट स्वायत्त भएर सञ्चालन भएका विश्वविद्यालयलाई राज्य र समाजसँग जोड्दै अझ विशिष्टीकृत र सामाजिक बनाउन सकिने धारणा राखिन्।

उनले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार गरिएको समेत जानकारी गराइन् । मन्त्री भण्डारीले नेपालमा नै चाहेको जस्तो शिक्षा प्राप्त गर्ने वातावरण बनाउँदै बाहिर गएका विद्यार्थीलाई पनि फर्काउन पहल गरिने बताइन् । त्यस्तै उनले विश्वविद्यालयका पदाधिकारीलाई औचित्यका आधारमा थप जिम्मेवार बनाइने पनि बताइन्।

मन्त्री भट्टराईले जनक शिक्षा सामग्री केन्द्रलाई देशभर समयमै पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएको,समकक्षता प्रमाणपत्र एक साताभित्र उपलब्ध गराउने व्यवस्था गरिएको समेत जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.