प्री ओपन सेसन : नेप्से परिसूचक करिब ५ अंकले बढ्यो
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक करिब पाँच अंकले बढेको छ। नेप्से परिसूक ४.८८ अंकले बढेर २७९१.२९ विन्दुमा पुगेको छ।
यो समयमा ५३ स्क्रिप्सको ९ हजार ७३८ कित्ता सेयर ५३ लाख ८७ हजार ४३० रुपैयाँमा खरिदबिक्री भए।
आज प्री ओपन सेसनमा कारोबारमा आएका ५३ स्टक्समध्ये २० वटाको मूल्य बढ्यो भने २५ वटाको घट्यो। यो समयमा ७ स्टकको मूल्य भने स्थिर रह्यो।