बझाङमा भूकम्पको धक्का
बझाङ : बझाङमा भूकम्पको धक्का महसुस भएको छ। अहिले साँझ ७:३४ बजे बझाङको मष्टा गाउँपालिकास्थित मष्टा मन्दिर आसपास केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पपछि बझाङबासी त्रसित बनेका छन्। बर्खायाममा ठूलो भूकम्प आएमा वा पटक पटक भूकम्प धक्का महसुस भए ठूलो धनजनको क्षति हुने भूगर्भविद् लोक विजय अधिकारीले बताए। यसअघि बझाङमा ठूलो क्षति पुर्याएको र त्रसित बनाएको भूकम्पले आज फेरि त्रसित बनाएको छ।