ढुंगा प्रहार गरी वृद्धको हत्या

ढुंगा प्रहार गरी वृद्धको हत्या
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको गोगनेमा ढुंगा प्रहार गरी वृद्धको हत्या भएको छ। प्रहरीले ढुंगा प्रहार गर्नेलाई पक्राउ गरेको छ। 

छिमेकीको घेवा (किरिया)बाट सँगै फर्कने क्रममा आपसी विवाद हुँदा शुक्रबार बेलुकी म्यागङ गाउँपालिका-३ गोगनेमा ६५ वर्षीय चमार तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

विदुर नगरपालिका-७ कुबिण्डेका ६५ वर्षीय लालबहादुर तामाङले ढुङ्गाले टाउकोमा हान्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। 

हत्याको जानकारी पाउने बित्तिकै तत्काल प्रहरी चौकी देउराली नुवाकोटबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा छुट्टाछुट्टै टोली घटनास्थलमा गई ढुंगा प्रहार गरी हत्या गर्ने लालबहादुरलाई पक्राउ गरेको हो। उनलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान कार्य भइहेको  डीएसपि भारतीले जानकारी दिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.