भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना
सुन्नुहोस्

नयाँ दिल्ली : मर्मत कार्यको लागि  विमानबाट गौचर हवाई पट्टी लैजाँदै गरेको एमआई–१७ हेलिकप्टर शनिबार केदारनाथमा दुर्घटनाग्रस्त भएको छ । मर्मतको लागि लैजाने क्रममा विमानले सन्तुलन गुमाउँदा दुर्घटनामा परेको थियो ।

हेलिकप्टरले केहि दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउन थालेको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले बताए।

'हेलिकप्टरमा कुनै यात्रु वा सामान थिएन । घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको अधिकारीले बताए। टोलीले अवस्थाको निरीक्षण गरिरहेको छ',  चौबेले भने। 

हाल राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एसडीआरएफ) को टोली दुर्घटनास्थलमा पुगेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । 

पाइलट सकुशल रहेको र दुर्घटनाको वास्तविक कारण अझै पत्ता लागिनसकेकाले अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.