‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन– २ को अमेरिकाबाट घोषणा

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन– २ को अमेरिकाबाट घोषणा
सुन्नुहोस्

न्यूयोर्क : सर्वाधिक पुरस्कार राशीका दुई नेपाली अन्तर्राष्ट्रिय रियालिटी शो को घोषणा गरिएको छ। ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन– २ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको हो।

एक्रोन शहरको कोप्ले खेल मैदानमा नेपालका वरिष्ठ कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहेको एक खुला साङ्गीतिक समारोहका साथमा आयोजक संस्था इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले दोस्रो संस्करणको घोषणा गरेका हुन्।

कार्यक्रमअनुसार विश्वका विभिन्न मुलुकहरूमा स्थलगत अडिसनहरू तय भएको छ। दोस्रो संस्करणको अडिसनको सुरुवात सन् २०२५ को फेब्रुअरीको मध्यमा अमेरिकाबाट गरिने छ।

नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भएपनि नेपालीकला,संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्ने सम्पूर्ण नेपालीभाषी समुदायका लागि शो आयोजना गर्न लागिएको फाउण्डेसनका अध्यक्ष अधिकारीले जानकारी दिए।

फाउण्डेसनका अनुसार दोस्रो संस्करणका लागि युरोपमा बेलायत र पोर्चुगलमा,पूर्वी एशियाका लागि थाइल्याण्डमा, मध्यपूर्वका लागि दुबईमा, अष्ट्रेलियाका लागि सिड्नीमा, भारतका लागि सिक्किम र नेपालका दमक, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरू आयोजना गरिनेछ।

सहभागी हुन चाहने प्रतिस्पर्धीहरूले फाउण्डेसनको वेबसाइटबाट आवेदन दिन सक्ने छन्। विश्वभरबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरूलाई थप प्रतिष्पर्धाका लागि काठमाडौं लगिने बताइएको छ।

भ्वाइसका लागि १२० र डान्सका लागि १२० गरी २४० प्रतिस्पर्धीहरू काठमाडौं लगिने छन्। दुबै शो का विजेतालाई १ करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ। दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। 

आदिकालदेखि अनवरतरुपमा विकसित हुँदै आएको नेपाली सांस्कृतिक पहिचानको संरक्षणका माध्यमबाट नेपाली जातिमा मानवताको भावना अझ विकसित होस् र संसारभर मानवीय सेवाका लागि प्रेरित गर्न सकियोस् भन्ने फाउण्डेसनको उद्देश्य रहेको आयोजनाले जनाएको छ। प्रतिष्पर्धाका लागि १८ वर्ष पूरा भएको नेपाली मूलको व्यक्ति हुनैपर्ने, प्रतिष्पर्धीले प्रस्तुत गर्ने सबै प्रस्तुतिहरु नेपाली कला र संस्कृतिसँग सम्बन्धित हुनुपर्ने, यदि त्यसो भएको नपाइए त्यस्तो प्रस्तुतिलाई फाउण्डेशनको मिसन र भिजनविपरीत स्वार्थको द्वन्द्व(कन्फ्लिक्ट अफ इन्टरेष्ट) का रुपमा लिइने छ र प्रतिष्पर्धीलाई प्रस्तुतिबाट हटाइने नियम बनाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.