नेप्से परिसूचक २६ सय विन्दुमा झर्‍यो, सेयर कारोबार १० अर्बमा सीमित

नेप्से परिसूचक २६ सय विन्दुमा झर्‍यो, सेयर कारोबार १० अर्बमा सीमित
सुन्नुहोस्

काठमाडौं : नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १.८१ प्रतिशतले  घटेको छ। 

यसदिन ३३७ स्क्रिप्सको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयर १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३४९ रुपैयाँम खरिदबिक्री भए। उच्च अंकले घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

सुपर माइ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो। हिमालयन पावरको सेयर ९.८७ प्रतिशतले बढ्दा कुथेली बुखारी स्माल हाइड्रोपावरको ८.७३,सानिमा लार्ज क्याप फण्डको ८.४४ र सनराइज ब्लुचिप फण्डको सेयर ६.७८ प्रतिशतले बढयो।

आज तीनवटा कम्पनीको सेयरमा नकारात्मक सर्किट लाग्यो। पिपुल्स हाइड्रोपावर,माइ खोला हाइड्रोपावर र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले गुमाए। कारोबार रकमका आधारमा  गुडविल फाइनान्स शीर्ष स्थाना रह्यो। सो कम्पनीले ५२ करोड ३१ लाख मूल्य बराबरको सेयर कारोबार गर्यो।

यसैगरी हिमालयन रिइन्स्योरेन्स र नेपाल फाइनान्सले ३३/३३ करोड मूल्य बराबरको सेयर कारोबार गरे। अपी पावरले २६ करोडको सेयर कारोबार गर्दा अरुण भ्याली हाड्रोपावरले २१ अर्ब मूल्य बराबरको सेयर कारोबार गर्‍यो।

कारोबारमा आएका ३१ स्टक्सको मूल्य बढ्दा २०९ वटाको घट्यो भने ४ वटाको मूल्य स्थिर रह्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.